रत्नशोभा माविमा लायन्सद्वारा पोसाक वितरण

लेखनाथ । अन्तर्राष्ट्रिय लायन्स डिस्ट्रिक ३२५ आइ अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा राइजिङ सनले विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित रत्नशोभा माध्यमिक विद्यालय माझठानामा बालबिकास कक्षादेखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई खेलकुद पोसाक वितरण गरिएको हो ।
स्विट्जरल्याण्डका एरिक र क्रान्ति गिरीको आर्थिक सहयोग, लायन्स क्लब अफ पोखरा राइजिङ सनको व्यवस्थापनमा पोशाक वितरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका वडाध्यक्ष श्रीकृष्ण लामिछानेले पोसाक वितरण कार्यक्रमले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको चातर्फी विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्यार्थीहरुको अध्ययन कार्यमा रुचि जाग्नुका साथै परिणाममुखी शिक्षामा सफलता मिल्ने आफूलाई विश्वास लागेको सुनाए ।
जिल्ला कार्यकारी प्रमुख टंकराज अधिकारीले लायन्सले शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा सहोग गर्दै आएको जानकारी दिए । विद्यालय व्ववस्थापन समितिका अध्यक्ष एवं लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले पूर्वविद्यार्थीहरुले आफू पढेको विद्यालयलाई सम्झेर विद्यार्थीहरुलाई पोसाक वितरण गरेकोमा क्लबका अध्यक्ष सूर्य चपाईं लगायत सदस्यहरुलाई धन्यवाद दिए । बाँकी विद्यार्थीहरुलाई विभिन्न संघसंस्थाकोहरुको सहयोगमा वितरण गरिने सो अवसरमा अध्यक्ष तिमिल्सेनाले जानकारी दिए ।
प्रधानाध्यापक किरणबाबु न्यौपानेले पोसाक वितरण गर्ने लायन्स क्लब अफ पोखरा राइजिङ सन र आर्थिक सहयोग गर्ने डोनर एरिक र क्रान्ति गिरीलाई धन्यवाद दिएका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र शिक्षक अभिभावक संघका सदस्यहरुको समेत उपस्थिति रहेको कार्यक्रममा दाता क्रान्ति गिरीले यो कार्यक्रम यहाँ सम्म ल्याउन आफूलाई प्रेरित गर्ने क्लबका अध्यक्षलाई धन्यवाद व्यक्त गरिन् ।
डिस्ट्रिक एम्बेष्टर रोजी श्रेष्ठ, जोन चियर पर्सन युवराज खनाल लगायतले लायन्स क्लबले गर्ने मानवीय सेवा तथा समाज सेवाका कार्यहरुको बारेमा चर्चा गर्दै मानव जीवनमा धैर्य र अनुशासन महत्वपूर्ण हुने बताए ।
क्लबका अध्यक्ष सूर्य चपाईंले लायन्सको अध्ययन गरेको विद्यालयमा पोसाक वितरण गर्न पाउँदा धेरै खुसी लागेको सुनाए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजकुमार ढकालले स्वागत एवं कार्यक्रममाथि प्रकाश पारेका थिए । क्लबका सचिव अनिल कोइरालाद्वारा सञ्चालन गरिएको कार्यक्रम क्लबका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्य चपाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने लायन वर्ष २०२४÷२५ का क्लबका अध्यक्ष अञ्जना गिरीको अगुवाइमा कार्यक्रम भएको कार्यक्रम संयोजक एवं क्लबका संस्थापक अध्यक्ष चपाईंले जानकारी दिए ।









सर्भर स्लो, राजस्व लक्ष्य टाढा
जीवनस्तर र राजनीतिको अन्तरसम्बन्ध
सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया