लेखनाथ उवा संघका व्यवसायीलाई यती एअरलायन्समा १० प्रतिशत छुट
समाधान संवाददाता
२०८१ असोज ६ गते २१:२०

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघका व्यवसायी सदस्यहरुलाई यती एयरलायन्सले १० प्रतिशत छुट दिने भएको छ ।
यती एयरलाइन्सको जुन सुकै ठाउको यात्रा गर्दा व्यवसायी सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था हुने गरी आइतबार दुई सस्थाका बीच सम्झौता भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष विनोद श्रेष्ठ र यती एयरलाइन्सको तर्फबाट पोखराका स्टेसन प्रमुख राम लामिछानेले छुटको सम्झौता पत्रमा हस्ताक्षर गरी कार्यन्वयन गर्ने सहमति भएको हो ।
सम्झौता अनुसार लेउवा संघका १ हजार ६ सय सदस्यहरुलाई परिचयपत्रका आधारमा यती एयरलायन्सको जुन सुकै किसिमको यात्रामा पनि १० प्रतिशत छुट दिने गरी सहमति भएको हो ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया