पोखरेली व्यवसायीको सहयोग वीरगन्जमा

समाधान संवाददाता २०७६ साउन ३१ गते १३:२०

समाधान संवाददाता, पोखरा

पोखरा उद्योग वाणिज्य संघले वीरगञ्ज महानगरपालिका ३१ को बलेवास्थित मुसहरबस्तीका बाढीपीडितलाई खाद्यान्न र कपडा सहयोग गरेको छ । मुसहरबस्तीका ५० घरधुरीलाई ३ लाख रुपैयाँ बराबरको सहयोग गरिएको हो ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले संघले विपतमा परेकालाई सहयोग गर्दै आएको बताइन् । उनले यो अभियानलाई विभिन्न संघसंस्थाको सहकार्य र समन्वयमा सफल पारिएको जानकारी दिइन् । मुसहर जातिको वाहुल्य रहेको र शिक्षा तथा स्वास्थ्यको दृष्टिकोणले पछाडि रहेको क्षेत्रमा चरणवद्ध सहयोग गर्ने गुरुङले प्रतिबद्धता जनाइन् ।

Advertisement

राहत वितरण कार्यक्रममा स्थानीय वडा सदस्य अदालत अन्सारीले पोखरादेखि यति टाढा आएर राहत वितरण गरेकोमा पोखरा उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिए । मुसहरबस्तीमा रहेका स्थानीय बासिन्दालाई पखेटा नेपालका अध्यक्ष बिनु श्रेष्ठले सेनेटरी प्याडको उपयोगिता बारेमा जानकारी गराइन् । कार्यक्रममा पोखरा वाणिज्य संघका प्रतिनिधि, बालश्रम न्यूनीकरण कार्यक्रमका परियोजना संयोजक प्रीति पाण्डे, प्रशासन संयोजक सरीता ताम्राकार, नेपाल ब्युटिसियन संघका गण्डकी प्रदेश अध्यक्ष कल्पना कोइराला, लायन्स क्लब अफ पोखरा ब्युटी सिटिका प्रथम उपाध्यक्ष मीना प्रधान लगायतको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया