जनप्रतिनिधिहरूको लागि दलितमैत्री कानुन व्यावहारिक सिकाइ अभ्यास

समाधान संवाददाता २०८१ असोज ८ गते १५:५०

पोखरा ।  जिल्ला समन्वय समिति कास्कीले जनप्रतिनिधिहरूको लागि दलितमैत्री कानुन व्यावहारिक सिकाइ अभ्यास र अनुभव विषयक अन्तरक्रीया कार्यक्रम गरेको छ ।

Advertisement

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीमा दलित मैत्री कानुनको व्यावहारिक कार्यान्वयन सहित कठिनाइहरूको पहिचान र निराकरणका निम्ति सो कार्यक्रम आयोजना गरिएको बताए । उनले समतामूलक समाज निर्माणमा जनप्रतिनिधिहरूको प्रभावकारी भूमिका स्थापित हुने विश्वास व्यक्त गरे । कास्कीका सबै पालिकाहरूमा दलितमैत्री नीति, कार्यक्रम र बजेट अझै थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन पौडेलले आग्रह गरे ।

रूपान्तरकारी समाज निर्माणमा सबै लागिपर्न पौडेलले आग्रह गरे । । संविधान र कानुनले व्यवस्था गरेका विषय र अभ्यासको क्रममा देखिएका कठिनाइ निराकरण सम्बन्धमा सो कार्यक्रममा घनिभुत छलफल भएको थियो। कार्यक्रममा अधिवक्ता भगवती पहारीले दलितमैत्री कानुन र व्यावहारिक अभ्यास सिकाइ र अनुभव विषयमा कार्यपत्र सहित कार्यक्रममा सहजीकरण गरिन् ।

Advertisement

कार्यक्रममा कास्कीका पालिकाहरूबाट जनप्रतिनिधि सदस्यहरूको उपस्थिति थियो। कार्यक्रममा डेङ्गु रोगकारण रोकथाम र उपचारका सम्बन्धमा सचेतनामूलक प्रशिक्षण समेत सम्पन्न भएको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया