पोखरा २२ लाई बालश्रम मुक्त बनाइने

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ ।
छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष, वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो । सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी पक्षबारे जानकारी गराएका थिए ।
सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद प्रकाश बरालले बालश्रम न्यूनीकरणका निम्ति उद्योग वाणिज्य संघले निभाएको भूमिका प्रशंसनीय भएको बताए । निजी क्षेत्रले सामाजिक उत्तरदायित्वका साथै समाज सुधारको क्षेत्रमा पनि योगदान गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पोखरा २२ का जनप्रतिनिधिसहित टोल विकास संस्था, आमा समूह, बाल क्लब एवं अन्य नागरिकहरुको उपस्थिति रहेको थियो । किडासाको सहयोगमा सम्पन्नमा कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष सञ्जीव गुरुङले बालबालिकाको हितका लागि वडाले बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बाल तथा युवा क्लबलाई प्रशिक्षण
सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका तथा भूमिहीन नागरिकको बस्तीमा सिकाइ केन्द्रसमेत सञ्चालन गर्दै आइरहेको छ । ती ठाउँहरुमा रहेका बालबालिका तथा युवाहरुलाई एकत्रित गरी बाल तथा युवा क्लब पनि गठन गर्दै रचनात्मक कार्य पनि हुँदै आएको केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनले बताए । पोखराका विभिन्न ८ ठाउँमा रहेका ती केन्द्रहरुमार्फत् बालबालिकाहरुलाई गृहकार्य गर्न सघाउने तथा क्षमता अभिवृद्धिका लागि तालिम र विविध कार्य गरिँदै आएको उनको भनाइ छ । यही उपक्रममा केन्द्रको कम्युनिटी हब परियोजनाअन्तर्गत गठित ९ वटै बाल क्लबका ३२ जना बालबालिकाहरुलाई आफ्नो काम,कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको छ ।
सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालको प्रशिक्षण रहेको कार्यक्रमको संयाजन परियाजना सुभरभाइजर अन्जना कोइरालाले गरेकी थिइन् ।
युवाहरुलाई पनि तालिम
केन्द्रको पहलमा गठन भएका ८ वटा सिकाइ केन्द्रमा गठन भएका युवा क्लबका पदाधिकारीका निम्ति दुई दिने वृत्ति विकास तालिम पनि प्रदान गरिएको छ । तालिममा व्यक्तिगत विकास ,उद्यमशीलता,स्वयंसेवाको अवधारणाबारे भक्तराज रसाइलीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ६४ जनाको सहभागिता भएको थियो ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया