लेखनाथ उद्योग वाणिज्य संघले प्रदेशस्तरीय गोष्ठी गर्ने

समाधान संवाददाता २०८१ असोज ९ गते २०:५१

लेखनाथ, ९ असोज । गण्डकी प्रदेश भित्र रहेका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधिहरुको प्रदेशस्तरीय गोष्ठी यही असोज ११ गते शुक्रबार लेखनाथमा हुने भएको छ ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघको आयोेजनामा हुन लागेको गोष्ठीमा समग्र गण्डकी प्रदेशको पर्यटकिय सम्भावना तथा विकासका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरि कार्ययोजनाका बारेमा घोषणा पत्र नै तयार गर्ने उद्देश्य राखिएको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, गण्डकी प्रदेश भित्र रहेका २४ वटा उद्योग वणिज्य संघका अध्यक्ष,उपाध्यक्ष र महासचिव, पर्यटनसँग सम्बन्धीत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पर्यटन विज्ञको सहभागिता रहने गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय गरिएको भेला आयोजक समितिका संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओेझाले जानकारी दिएका छन् ।

Advertisement

पर्यटकीय सम्भावना तथा विकास सम्वन्धी गोष्ठीमा पर्यटन विज्ञ श्रीकान्त शर्मा खतिवडाले कार्यपत्र प्रस्तुत गर्ने छन् । साथै उक्त कार्यक्रमका लागि सबै संघसंस्था तथा पर्यटन विज्ञहरुलाई निमन्त्रणा तथा गोष्ठीको पूर्व तयारी भइरहेको संघका महासचिव जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया