क्योकुसिन कानको प्रदेश स्तरीय छनोट

समाधान संवाददाता
पोखरा
प्रथम राष्ट्रव्यापी खुला कराँते प्रतियोगिता २०७६ का लागि क्योकुसिन कानका खेलाडी छनोट भएका छन् । शनिबार भएको गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगितामा १३ तौल समूहमा १३ जना खेलाडी छनोट भएको नेपाल क्योकुसिन कान कराँते संघ कास्कीका अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।
छनोट भएका खेलाडीले नेपाल क्योकुसिन कान कराँते संघ कास्कीको आयोजनामा भदौको १३ र १४ गते पोखरामा रंगशालामा हुने प्रथम राष्ट्रव्यापी खुला कराँते प्रथियोगिता २०७६ मा प्रतिस्प्रधा गर्नेछन् । शनिबार पुरुषतर्फ ३५ केजीमा राजन पोखरेल, ४० केजीमा शीतल कुमाल, ४५ केजीमा नीरज परियार, ५० केजी धीरज परियार, ५५ केजीमा अनील बराम, ६० केजीमा संगम गुरुङ, ६५ केजी तौल समूहमा गोविन्द रोका, र खुला तौल समूहमा निर्मल केसी छनोट भएको नेपाल क्योकुसिन कान गण्डकी प्रदेश संयोजक दीपक गोदारले जानकारी दिए ।
महिलातर्फ ४० केजीमा सविना ठकुरी, ४५, केजीमा सरगम कुमाल, ५० केजी युनिमा शेरचन, ५५ केजी सुनीता गुरुङ र खुला तौल समूहमा सुष्मी श्रेष्ठ छनोट भएका छन् । छनोट प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका सयजना खेलाडी सहभागी भएका थिए । छनोटमा दानबहादुर क्षेत्री, सुबार खड्का, सागर गिरी, चेत्रमान थापा, सुमन प्रतेल निर्णयक थिए । मुख्य निर्णयक निर्मल पाहरी थिए । छनोट भएका खेलाडी भदौ १ गतेदेखि बन्दसत्रमा हुने कास्की जिल्ला प्रशिक्षक सुवास खड्काले जानकारी दिए । प्रत्येक तौल समूहको पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई सिल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।









वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया