विपद्बाट मृत्यु हुनेको संख्या एक सय ३२ पुग्यो

काठमाडौँ ।
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ ।
विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पुर्याउने लगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन् ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया