विश्व मुटु दिवसमा विद्यार्थीलाई मुटु प्रशिक्षण

समाधान संवाददाता २०८१ असोज १४ गते १२:५५

पोखरा । विश्व मुट दिवस (२९ सेप्टेम्बर)को अवसरमा हृदयरोग निवारण प्रतिष्ठान कास्की शाखाद्वारा पोखरा ९ नयाँबजार रहेको नवप्रभात माध्यमिक विद्यालयमा बालबालिकाका लागि मुटुरोग प्रशिक्षण कार्यक्रम गरिएको छ ।

Advertisement

उक्त कार्यक्रममा प्रशिक्षण दिँदै बाल रोग विशेषज्ञ डा. यज्ञ राज सिग्देलले मुटुरोगबाट बच्नको लागि बालबालिकाहरुको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा पनि अपरिहार्य रहेको बताए । उनले अभिभावकसँगै बालबालिकाले पनि शारीरिक अभ्यास र खानपिनमा ख्याल गरेमा मुटु सँगै शरीर स्वस्थ राख्न सकिने कुरामा जोड दिएका थिए ।

प्रतिष्ठानका सभापति केदार ढकालको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ माया कुमारी थापा, प्रतिष्ठानका सचिव नवीनराज बराल र कोषाध्यक्ष उमा ठकुरी लगायतका वक्ताले मुटुरोग निवारणका लागि जनस्तरमा प्राभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए । प्रशिक्षण कार्यक्रममा विधालयमा अध्ययनरत ८, ९ र १० कक्षाका विद्यार्थीसँगै शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया