रिठेपानी सहकारीमा सेयर सदस्य थपिए
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ मा रहेको रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्यको संख्या २ हजार ३ सय २५ पुगेको छ । रिठेपानी सहकारीमा गत वर्ष भन्दा झण्डै १०० जना नयाँ सदस्य थपिएका हुन् । यो वर्ष २ हजार ३ सय २५ पुगेको सदस्य पुगेका छन् ।
संस्थाले आगामी आर्थिक वर्षमा २ हजार ४ सय ४१ सदस्य पुर्याउने लक्ष्य राखेको छ । पछिल्लो समय सस्थाले रु एक हजारमा पनि सेयर सदस्य बन्न पाइने नियम ल्याएपछि सदस्य संख्यामा वृद्धि भई सेयर पुँजी ४ करोड ३० लाख ८४ हजार ४ सय पुगेको संस्थाको १२ औं वार्षिक साधारण सभामा अध्यक्ष कुशप्रसाद गुरुङले जानकारी गराए ।
संस्थाको १२ साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गरे । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार सुवेदार जगबहादुर गुरुङ, संस्थापक अध्यक्ष यमप्रसाद गुरुङ, संस्थाका सचिव विष्णुप्रसाद पौडेल र छिमेकी टोल विकास समितिकी अध्यक्ष पार्वती भट्टराई लगायतले मन्तव्य राखे ।
सस्थाका अध्यक्ष कुशप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी कर्मचारी मञ्जु कँडेलले स्वागत र कार्यालय प्रमुख द्रौपदी गुरुङले संस्थाको वित्तीय विवरणको जानकारी राखिन् ।
संस्थाको १२ औं साधारण सभाका अवसरमा असल कारोवारमा रमेश कुमाल, चन्द्रकुमारी तामाङ, नरबहादुर गुरुङ र सुमन विश्वकर्मालाई सम्मान गरिएको थियो । संस्थाको अध्ययन अवलोक भम्रणका संयोजक सूर्य भट्टराई र तालिम संयोजक विष्णु गुरुङ पनि सम्मानित भए ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया