काठमाडौंबाट पोखरा* आउँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

पोखरा ।
काठमाडौंबाट पोखराका आइरहेको माइक्रो बस नुवाकोटको शिवपुरी जंगलमा दुर्घटना दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । पृथ्वि राजमार्ग बस व्यबसायी समितिका अध्यक्ष योगेन्द्र केसीले पोखरा आउदै गरेको गाडी दुर्घटनामा परेको पुष्टी गर्दै थप विवरण लिने काम भैरहेको समाधानलाई बताए ।
झ्याप्ले खोलाका कारण पृथ्विराजमार्ग हुँदै आउन नपाएर नुवाकाेटको बाटाो पोखरा आउदै गरेको हायस गाडी सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटमा दुर्घटना भएको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।
सडकबाट खसेको ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको थियो ।
दुर्घटनामा घाइते भएका १२ जनालाई काठमाडौं लगिएको छ । घाइतेहरुको काठमाडौंको ग्रिनसिटी अस्पतालमा लगिएको छ।घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक भएको र उनीहरुलाई थप उपचारका लागि बी एण्ड बी हस्पिटल लगिएको पृथ्विराज मार्ग बस सञ्चालक समितितका अध्यक्ष केसीले बताए ।
यो सडकखण्ड काठमाडौंबाट नुवाकोटको त्रिशुली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ। झ्याप्ले खोला पहिरोका कारण नौबिसे-काठमाडौं सडक जाम हुँदा सवारीसाधनहरू वैकल्पिक बाटो (काठमाडौं-नुवाकोट-धादिङ) भएर जाने गरेका छन्।
यसअघि लमजुङ जाँदै गरेको बस दुर्घटनामा परेको भएकोमा क्षमायाचना गर्दै सच्याएका छौ– सम्पादक









वार्षिकोत्सवको तयारीमा विन्ध्यवासिनी मावि
सीताघाट व्यवस्थित गरिँदै
वारागुङ र घरपझोङमा ऊर्जा योजना
एसओएस गण्डकीको खेलकुद दिवस
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया