बुद्ध विशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने
अन्डर ग्राउड पार्किङ सञ्चालनमा

पोखरा ।
नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई विशेष छुट दिइने भएको छ ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक वर्गलाई उपहार भन्दा पनि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्ध विशाल बजारमा हरेक सामान खरिदमा ५ देखि २५ प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको बताए ।
उपहार पहिले पहिले नगद ५ देखि २५ प्रतिशत सम्म छुट अहिले’ भन्ने नाराका साथ बुद्ध विशाल बजारका हरेक पसलहरूमा यो छुटको व्यवस्था मिलाइनुको साथै बुद्ध विशाल बजारभित्र सामान खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले बताए ।
एसोसिएसनका उपाध्यक्ष बुद्धिबहादुर कँुवरले असोज १२ गते बाट सुरु भएको यो छुट योजना मंसिर ३) गतेसम्म सञ्चालन हुने बताउँदै कुँवरले छुटको फाइदा लिन ग्राहकलाई आग्रह गरे । बुद्ध विशाल बजारभित्र करिब दुईसय सटरहरुमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, मोबाइल पसल, वित्तीय संस्था, रेस्टुरेन्ट, सारी तथा कुर्तालगायत पसलहरु सञ्चालनमा रहेको एसोसिएसनका महासचिव राजु केसीले बताए ।
चाडपर्वको अवसरमा अन्डरग्राउन्ड पार्किङ सञ्चालनमा यसैबिच असोज १३ बाट बुद्ध विशाल बजारमा अन्डरग्राउन्ड पार्किङ सञ्चालनमा ल्याइएको छ । अहिले करिब २० वटा मोटर साइकल राख्न सकिने उक्त पार्किङ आगामी दिनमा अझै बिस्तार गरिने एसोसिएसनका प्रवक्ता मनोहरि पौडेलले बताए ।
बुद्ध विशाल बजारमा २ ठाउँमा गरी करिब २५ वटा मोटरसाइकल राख्न मिल्ने पार्किङ रहेकोमा यो पार्किङ सञ्चालनमा आएसँगै २ पांग्रे सवारी साधनका लागि पार्किङ समस्या समाधान हुने बताउँदै प्रवक्ता पौडेलले बुद्ध विशाल बजारको ३ ठाउँमा रहेका पार्किङमा अब करिब ४५ वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न मिल्ने बताए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया