बाढीपहिरोमा २ सय ४ जनाको मृत्यु, ३३ जना बेपत्ता
समाधान संवाददाता
२०८१ असोज १४ गते १६:४५

पोखरा । तारन्तारको झरीका कारण आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा ८२, वाग्मती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । अझै ३३ जना बेपत्ता छन् ।
सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार देशभर बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार ४ सय १ जनाको सकुशल उद्धार गरिएको छ ।
बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७ सय ८३ घरमा क्षति गरेको छ । बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्याएको हो ।
सम्बन्धित









एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया