देशभर पानी परीक्षणका लागि टोली खटाउन खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पानीबाट विभिन्न रोग फैलिन सक्ने भएकाले देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोले खानेपानीका मुहानमा बाढी एवं ढल पसेकाले पानीबाट विभिन्न रोग फैलन सक्नेतर्फ ध्यान दिँदै पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले बाढीका कारण देशभर पानीका मुहानमा क्षति हुनुका साथै मुहानमा धमिलो पानी छिरेकाले पानी शुद्धिकरणका लागि आवश्यक ‘ब्लिचिङ पाउडर’, पीयूष, ‘एक्वा ट्याब’ वितरण गर्न निर्देशन दिनुभएको मन्त्री यादवका निजी सचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।
मन्त्री यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभाग गुणस्तर सुधार तथा सेवा नियमन शाखÞाको समन्वय र सहजीकरणमा काठमाडौँका विभिन्न ठाउँमा ब्लिचिङ पाउडर, पियूष, एक्वा ट्याब वितरण थालिएको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अनुगमन तथा निरीक्षण गर्नु भई मन्त्री यादवले पानीको धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी काठमाडौँका पानी ट्याङ्कीमा खानेपानी आपूर्ति गर्न निर्देशन दिनुभयो । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा बागमती नदीको पानीमा बढेको धमिलोपनका कारण प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो ।
बाढीले गर्दा कीर्तिपुरस्थित सुन्दरीघाटको ‘इलेक्ट्रोमेकानिकल’ शाखामा रहेका महत्वपूर्ण उपकरण डुबेर क्षति पुगेको छ । मन्त्रालयको प्रारम्भिक आँकलन अनुसार, बाढीले रु एक अर्ब भन्दा बढीको सम्पत्तिमा क्षति पु-याएको छ । रासस
—







विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया