विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा स्थगित
समाधान संवाददाता
२०८१ असोज १५ गते १६:०५

पोखरा ।
विन्ध्यवासिनी मन्दिरमा असोज १७ गते हुने भनिएको नवदुर्गा शोभायात्रा स्थगित गरिएको छ । विपद्को समयमा शोभायात्रा गर्नु अनुचित रहेको भन्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले कार्यक्रम रद्द गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘हालै मात्र देशको विभिन्न भू–भागमा अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समितिबाट यहि असोज १७ गते आयोजीत विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा कार्यक्रम रद्ध भएको सूचित गरिन्छ । शोभायात्राको पूर्व तयारीमा लाग्नु भएका श्रद्धालु भक्तजन र सहयोगी संस्थाहरुमा पर्न जाने असुविधाका प्रति हामी क्षमा याचना गदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित








सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया