जनप्रकाश क्याम्पसको २० औं साधरणसभा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा अवस्थीत जनप्रकाश बहुहुखी क्याम्पसको बुधबार २० औं साधरणसभा भएको छ ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीको सभापतित्व र प्रतिनिधि सभा सदस्य जिवन परियारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो ।
परियारले सामुदायिक क्याम्पसलाई सबै तहका सरकारले संरक्षण र दिगो सञ्चालनको लागी विशेष पहल गर्नुपर्ने बताए । समाज रुपान्तरण र देशको शैक्षिक उन्नयनमा क्याम्पसले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । साथै क्याम्पसका हरेक सुख दुखमा हातेमालो गरी अगाडी बढ्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष प्रसाद गुरुङ, २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ, ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, पूर्व सञ्चालक समिति अध्यक्ष माधव भण्डारी, प्राध्यापक संघका सभापति युवराज लामिछाने, प्रेमकला आचार्य, लक्ष्मण थापा क्षेत्री लगायतले बोलेका थिए ।
क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक सुरेन्द्र राज अधिकारीले क्याम्पसको लेखा प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा क्याम्पसले प्रकाशन गरेको जर्नल “जनप्रकाश जर्नल अफ मल्टिडिसिप्लेनरी रिर्सचको” विमोचन गरीएको थियो ।
कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले गरेका थिए ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया