सर्वोच्चले प्रहरीलाई सम्झायो- छविलाल जोशीलाई धरौटीमा छोड्न सकिन्छ (आदेशसहित)

पोखरा ।
कास्की प्रहरीको हिरासतमा रहेका जिबी राई रवि लामिछानका व्यवसायिक साझेदार छविलाल जोशी बन्जाडे हिरासतमुक्त हुने सम्भावना बढेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक जाेशीको भोलि अर्थात १७ गते विहीबार हिरासतमा बस्ने म्याद सकिदै छ ।
सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराएको छ ।
बुधबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको हो ।
जिल्ला अदालत कास्कीले उनलाई १७ असोजसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । छविलाल जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गैरकानुनी हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ ।
हेर्नुहोस अदालतको आदेश










विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया