“बिगेस्ट १०शैँ” अभियान मार्फत् यामाहा नेपालले बनायो नयाँ कीर्तिमान

समाधान संवाददाता २०८१ असोज १७ गते ४:४५

पोखरा । यामाहा नेपालले आफ्नो “बिगेस्ट १०शैँ” अभियानको सफलतासँगै बिक्रीको नयाँ रेकर्ड पनि कायम गरेको छ। विगतका सबै रेकर्डहरू तोड्नेगरी बिक्रीमा भएको वृद्धिले नेपाली उपभोक्ता माझ सबैभन्दा ज्यादा रुचाइएको ब्राण्डको रूपमा यामाहालाई अझै बलियो बनाएको छ।

Advertisement

यामाहाका असाधारण उत्पादन र आकर्षक इन्सेन्टिभहरूद्वारा सञ्चालित यस अभियान अत्याधिक सफल भएको छ। ग्राहकहरू यामाहाको उत्कृष्ट इन्धन दक्षता र इफिसियन्ट एफआई प्रविधितर्फ आकर्षित छन्। योसँगै यामाहाका बाइक र स्कुटरहरूको उच्च रिसेल मूल्यले पनि ग्राहकहरूलाई दीर्घकालीन आर्थिक लाभहरू प्रदान गर्दछ।

“बिगेस्ट १०शैँ” अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले विभिन्न निश्चित क्यासब्याक र उपहारहरू प्राप्त गरेका छन्। अभियान अवधिभर यामाहा बाइक र स्कुटर खरिद गरेका सबै ग्राहकहरू १० लाख रुपैयाँको लक्की ड्रका लागि योग्य भएका छन्। यसबाहेक यामाहाले विशिष्ट मोडलहरूका लागि शुन्य ब्याजदरको सुविधा पनि ल्याएको छ र ग्राहकहरूलाई आफ्नो ड्रिम यामाहा बाइक/स्कुटरको स्वामित्व लिन सजिलो बनाउन ईजी फाइनान्सका विकल्पहरू पनि उपलब्ध गराएको छ। दशैंलाई थप विशेष बनाउन यामाहाको शोरुममा आउने ग्राहकहरूले अब ब्रान्ड न्यू आइफोन १६ र विशेष गिफ्ट ह्याम्पर जित्ने मौका पाउने छन्।

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु राइड्सले २ दशकभन्दा बढी समयदेखि नेपाली अटोमोबाइल उत्साहीहरूलाई विश्वविख्यात ब्रान्डहरूको सेवा दिइरहेको छ। समूहले भर्खरै यामाहा मोटरसाइकलका दुई मोडलहरू एफजेड-भीथ्री डिलक्स र एफजेड-भीथ्री स्ट्यान्डर्डका लागि एफआईमा १० वर्षको वारेन्टी समेत ल्याएको छ।

यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले कीर्तिमानी बिक्रीका सन्दर्भमा खुशी व्यक्त गर्दै भने, “हाम्रो “बिगेस्ट १०शैँ” अभियानमा यस्तो अविश्वसनीय प्रतिक्रिया देख्न पाउँदा हामी हर्षित छौं। यो हाम्रा ग्राहकहरूले यामाहामा राखेको भरोसा र आत्मविश्वासको प्रमाण हो। असाधारण उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता अटल छ र हामी सफलताको यात्रालाई थप निरन्तरता दिन तत्पर छौं।”

Advertisement

“बिगेस्ट १०शैँ” अभियान जारी रहँदा यामाहा नेपाल थप उचाइ हासिल गर्नेमा आशावादी छ। ग्राहकको सन्तुष्टि र नयाँ अफरहरूप्रतिको बलियो समर्पणका साथ यामाहा नेपालमा मोटरसाइकल र स्कुटर उत्साहीहरूका लागि प्रिय ब्राण्डको रूपमा आफ्नो स्थान बलियो बनाउन तयार छ।

तपाईको प्रतिक्रिया