मोबाइल किन्दा सुनकाे सिक्का उपहार

पोखरा ।
मेरो डिजिटेक र स्टोना मोबाइल पसलले दशैँतिहार लक्षित खालि हात नजाने बम्पर योजना सुरु गरेको छ । योजनाअन्तर्गत १० हजार भन्दा माथीको स्मार्ट मोबाइल किन्दा उपहार प्राप्त गर्न सकिनेछ ।
बम्पर योजनाका भाग्यशाली १ जना विजेतालाई डियो स्कुटर दिइने मेरो डिजिटेक पसलका सञ्चालक नविन ढुंगानाले जानकारी दिए ।
प्रथमलाई सुनको सिक्का, द्वितीयलाई ४३ इन्चकोे टिभी र तेस्रोलाई मोबाइल सेट छ । त्यस्तै खाली हात नजाने उपहारमा स्मार्ट वाच, मोबाइल स्ट्यान्ड, फुटबल, बल नेकपेन, कप, फोटो फ्रेम, एयरफोन, एयरपार्ट, १० ग्राम चाँदिको सिक्का छन् ।
अफर छठ सम्म जारी रहने उनले बताए । ढुंगानाका अनुसार ग्राहकले सामान खरिद गरे बापत प्राप्त हुने टिकट आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने छ । १ देखि १० नम्बर हुनेछ र हरेक नम्बरमा एक एक वटा उपहार उपलब्ध हुनेछ ।
मेरो डिजिटेक मोबाइल पसल महेन्द्रपुलस्थित मोबाइल टावरमा रहेको छ भने स्टोना मोबाइल पसल पृथ्वीचोकमा छ ।
तपाईको प्रतिक्रिया