दीर्घकालीन फोहोर व्यवस्थापन गर्न अन्तक्रिया

समाधान संवाददाता २०७६ भदौ ३ गते १२:०३

रामकृष्ण लामिछाने
पर्वत

स्पेनको म्याड्रिड नगरपालिका र नेपालको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका र बाग्लुङ नगरपालिकाबीच फोहोरको दीर्घकालीन व्यवस्थापनबारे अन्तक्र्रिया भएको छ । दिर्घकालिन रुपमाव्यवस्थापनगर्ने भएका छन् ।

म्याड्रिड नगरपालिकाको तर्फबाट योजना सुरुआत गर्ने एकराज गिरी, एनआरएनका केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी र इन्जिनियर रमेश सुवेदीले संयुक्त रुपमा कार्यपत्र प्रस्तुतु गरेका थिए । समन्वयकर्ता एकराज गिरीले म्याड्रिड नगरपालिकामा झै सहकार्यका विषयमा छलफल भइरहेको बताउँदै सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे ।

Advertisement

उनले यहाँको फोहोरलाई मोहोरमा रुपन्तरण गर्दै पालिकाको विकासमा सहायता गर्ने जनाएका थिए । एनअनरएनका केन्द्रीय सल्लाहकार गोविन्द सुवेदीले आफूहरु आफ्नो देश र समाजप्रति बफादार रही काम गर्ने सवालमा राष्ट्रिय सभाका अध्यक्षसम्म कुराकानी भइसकेको बताए । उनले आफूहरुले पहिला आफ्नो क्षेत्रबाट काम थाल्ने बताए ।

इन्जिनियर रमेश सुवेदीले यसको सबै सम्भाव्यताका लागि यहाँका पालिकाले १ दिनमा उठ्ने फोहोरको युनिटको विवरण तयार गर्न आग्रह गरे । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले फोहोर व्यस्थापन गर्नु निकै चुनौतीको विषय भएको सुनाए । उनले तत्कालै कुश्माको छमर्केमा फोहोर व्यवस्थापन गर्न सेक्रेट नेपाललाई जिम्मा दिएको जानकारी दिए । उनले स्पेनको म्याड्रिड नगरपालिकासँगको समन्वयमा दीर्घकालीन व्यवस्थापन गर्ने कार्य आफूलाई निकै सकारात्मक रहेको बताउँदै प्रतिबद्धता जनाए ।

Advertisement

जलजला गाउँपालिकाको तर्फबाट वडाध्यक्ष हरिविकास जिसीले आफ्नो पूर्ण साथ रहने बताए । बागलुङ नगरपालिका मेयर जनकराज पौडेलले नगरपालिकाले दीर्घकालीन योजनाको खाँचो रहेकोमा जोड दिए ।

तपाईको प्रतिक्रिया