गुरुकुलमा अक्षयकोष र खाद्यान्न सहयोग

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद एवं खाद्यान्न सहयोग प्राप्त भएको छ ।
विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यका साथ पोखरा १६ निवासी धनबहादुर थापाले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीलाई खाद्यान्न तथा उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
समाजसेवी थापाले गुरुकुल संस्कृत विद्यालयको दीर्घकालीन सञ्चालनमा केही न केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले सिमित साधनस्रोतका बीच विद्यालय सञ्चालन भइरहेको जनाए । यस्ता सहयोगले यहाँको दीर्घकालीन सञ्चालन एवम् व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमका सहअध्यक्ष गणेशबहादुुर खत्रीले गुुरुकुल यहाँको गौरव भएको बताउँदै यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मी, राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनाल, विद्यालयका सल्लाहकारहरू चन्द्रावती पौडेल, विष्णुबहादुर बस्नेत लगायतले बोलेका थिए ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया