दर्ता एक, व्यवसाय अनेक

सुशील सुवेदी
वालिङ
पसलमा सामान किन्न जाने उपभोक्ताले त्यहाँ के सामान पाइन्छ भनी पहिला बोर्ड हेर्छन्, बाँकी कुरा र सामानबारे पसलमा गएर बुझ्छन् । तर स्याङ्जा, वालिङका अधिकांश पसलले दर्ता एउटा प्रकृतिको व्यवसाय गरी अर्कै व्यवसाय गरेका छन् । बजार अनुगमन गर्दा अधिकांश पसल एक ठाउँमा दर्ता गर्ने र अर्काे ठाउँमा व्यापार गर्ने गरेको पाइएको छ ।
चाडपर्वको समयमा कालोबजारी, मूल्यवृद्धि, म्याद गुज्रेका वस्तुको बिक्री जस्ता समस्या निराकरण गर्न वालिङ उद्योग वाणिज्य संघले गरेको अनुगमनमा व्यापारीले पालना गर्नुपर्ने न्यूनतम मापदण्डका बारेमा सचेत गराइएको छ । वालिङका ७ सयभन्दा बढी पसलमा अनुगमन गरिएको संघका अध्यक्ष शोभकान्त पौडेलले बताए । उनले भने, ‘व्यापारीलाई नियमको पालना गराउँदै सक्षम र पारदर्शी बनाउन अनुगमन गरेका हौं ।’ दैनिक उपभोग्य वस्तुको मूल्यमा एकरुपता ल्याउन पनि यस्ता अभियानले सघाउने उनले बताए ।
व्यापारीहरु सरकारले ल्याएको नयाँ कर नीतिको बारेमा जानकार नभएका समस्या परेको पौडेलले बताए । बेला बेलामा कर नीति र व्यापारीका समस्या समाधान गर्न परामर्शदाता उद्योगा वाणिज्य संघले राख्ने र निशुल्क सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । पौडेलले भने, ‘उद्योग वाणिज्य संघ व्यापारीको हकहित चाहने संगठन हो । व्यापारीलाई परामर्श दिनु र राज्यको नियमअनुसार कारोबार गर्न प्रेरित गर्नु हाम्रो कर्तव्य हो ।’
उपभोक्ता पनि सचेत बन्नुपर्ने वडाध्यक्ष आनन्द पाठकले बताए । नियम विपरीत सञ्चालन भएका पसल, म्याद गुज्रेका वस्तु, समान खरिद बिक्री गर्दा अनिवार्य बिल जस्ता बिषयमा उपभोक्ता र व्यापारी दुवैले कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ छ । एक प्रकृतिको पसल दर्ता गर्ने र सोही दर्तामा अनेक व्यापार गर्नु कानुन विपरीत भएको अनुगमनका क्रममा प्रकाश पारिएको थियो । संघले बजार श्रेत्रलाई ५ भागमा विभाजन गर्दै ५ वटा समूहमार्फत अनुगमन गरेको महासचिब केशरबहादुर खाँणले जानकारी दिए ।
अधिकांश पसलमा मूल्यसूची भेटिएन । बिषादीयुक्त फलफूल, तरकारीलाई निषेध गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले बिषादी परीक्षण प्रयोगशाला चेक जाँच गर्ने कार्यालय पाल्पा र स्याङ्जाको सिमानामा रहेको गल्याङ १ मालुंगामा स्थापना गरेको छ । तर कर्मचारी अभावमा उक्त कार्यालय प्रभावकारी बन्न सकेको छैन ।









बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया