गाईखर्क तालमा मन्दिर

राकेश शर्मा
म्याग्दी
न कुनै पानीको मुहान छ, न कतैबाट पानी ल्याइएको छ । जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो गाईखर्क । जति हावा हुरीले तालमा पात झारे पनि चराले लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको अर्को विशेषता हो । म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा पर्ने गाईखर्कलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न तालमा पूर्वधार निर्माण गरिएको छ । तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउन स्थानीयले नै अग्रसरता देखाएका छन् ।
तालमा रहेको पानीको स्रोत संरक्षणसँगै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा तालमा पुग्ने पर्यटकका लागि पूर्वाधार बनाइएको छ । गत वर्ष गाउँपालिकाको ५ लाख २५ हजार र स्थानीयको ४९ हजार श्रमदानमा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । उपभोक्ता समिति अध्यक्ष यामबहादुर सिउठानीले तालको छेउमा पूजा गर्नका लागि मन्दिर बनाइएको बताए । तालमा धार्मिक पर्यटक बढी आउन थालेकाले मन्दिर बनाइएको हो । ‘हामी त यहाँ वर्षमा २ पटक पूजा गछौँ, तर पर्यटक आउन थालेका छन्,’ उनले भने ।
अहिले गाउँपालिकाले २ लाख रुपैयाँ खर्च गरेर तालसम्म पुग्नका लागि हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन । ४६र४६ मिटर लम्बाइ, चौडाइ तथा ३ मिटर गहिराइ भएको तालको २०७४÷७५ मा लम्बाइ चौडाइ बढाएर ५५÷५५ मिटरको बनाइएको छ । बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा लगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।
हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिने ताल संरक्षण र प्रर्वद्धन गरी पर्यटकीय गन्तव्यमा विकास गर्नका लागि पहल थालेको ेवडाध्यक्ष पीपला बुढामगले बताइन् । ‘वडामा रहेका यस्ता पर्यटकीय स्थलको विकास, प्रसारप्रसार र संरक्षणसुरु गरेका छौं,’ उनले भनिन् ।
देवीस्थानमा पर्ने गाईखर्क ताल, देउताभिर गुफा जस्ता स्थानलाई गाउँपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । गाउँपालिकाले पर्यटन विकासका लागि गुरुयोजना नै बनाएको छ । गुरु योजना अनुसार यही वर्षदेखि काम थालिने भएको छ । प्राकृतिक सम्पदाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको माध्यमबाट पर्यटन विकाससँगै गाउँमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन गर्न लागिपरेको अध्यक्ष रोकाले बताए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया