चापापानी सिद्धार्थ सहकारीले १३.५० प्रतिशत लाभांश दिने

पोखरा ।
चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्धांै साधारणसभा सम्पन्न भएको छ । सभाले गत आवको नाफाबाट सेयर सदस्यलाई १३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरिएको छ ।
साधारणसभामा बोल्दै प्रमुख अतिथि भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरे । वाग्लेले अहिले बजारमा जुन नाफाको पछि सहकारीहरू हिडेका छन् त्यस्ता सहकारीहरू र जुन सहकारी प्राइभेट किसिमले चलेका छन् त्यस्ता सहकारीहरू जोखिममा रहेका भन्दै चापापानी सहकारीको वित्तीय अवस्था हेर्दा सहकारी निकै मजबुत रहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख संरक्षक तथा निर्वतमान अध्यक्ष नरेशबहादुर कार्कोले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका आंैलामा गनिने सहकारीहरु मध्येमा चिनिने संस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा सयपत्री सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर कार्की पुरानोधारा सहकारीका अध्यक्ष कृष्ण कोइराला संस्थाका सल्लाहकार डा. अनिल सुवेदी लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष दीपक कार्कीले अध्यक्षको प्रतिवेदन सचिव इन्दिरा कोइरालाले सचिवको प्रतिवेदन, ऋण लगानी समितिका संयोजक गुप्तबहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन, लेखा सयोजक चित्रप्रसाद दाहालले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष इन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका उपाध्यक्ष श्यामप्रसाद साँखीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका संयोजक मनोहरि पौडेलले सहकारीका ७ सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोवार गर्ने सेयर सदस्य, उत्कृष्ट बचतकर्ता त्यसैगरी सेयर सदस्यका छोरा छोरीहरु मध्य एसइई, प्लस टु, स्नातक, स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउनेलाई सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव इन्दिरा कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया