एनसेलकी विशाखा ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’

समाधान संवाददाता २०८१ असोज १९ गते १८:३७

पोखरा । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधा अन्तर्गत यो अवार्ड पाएकी हुन् ।

Advertisement

यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरुको प्रमाणसमेत हो । ‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरुले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं,’ उनले भनिन् ।

एनसेलले १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी सयभन्दा बढी सामाजिक परियोजना कार्यान्वयन गरेको छ । १९ औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको छ ।

यस अन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमा १९ सामाजिक परियोजना सञ्चालन गर्ने छ । एनसेलले विभिन्न सामाजिक पहलहरुमा २ अर्बभन्दा बढी खर्चेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया