भदौ तेस्रो साता क्लब स्तरीय भलिबल

समाधान संवाददाता, पोखरा
लामा अमृत फाउन्डेसन घान्द्रुकले भदौ तेस्रो साता क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यसपालिको प्रतियोगिता दोस्रो संस्करण हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ १७ देखि २१ गते सम्म पोखरा नदीपुरको कर्पाकेली समाज घरस्थित खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतियोगिताका खेल संयोजक अनिल गुरुङले पुरुषतर्फको बिजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ६० हजार रुपैयाँ प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी महिलातर्फको विजेता र उपबिजेता टिमलाई क्रमश सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० र १४ हजार रुपैयाँ प्रदान गरिने बताए । उनका अनुसार भेट्रान्सतर्फको विजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार रुपैयाँ र उपविजेता टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा विधागत रुपमा पुरस्कृत गरिने जानकारी दिँदै पुरुषतर्फ दर्ता शुल्क ५ हजार र महिला तथा भेट्रान्सतर्फ २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेशनका संस्थापक अमृत लामा गुरुङले सामाजिक सेवामा निरन्तर लागेर समाज रुपान्तरणमा भूमिका खेल्दै आएको बताए ।
प्रदेश सरकारले खेलकुदको केन्द्र बनाउन नीतिसहित लागिहेकाले थप टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । प्रतियोगिता गाउँकुनामा लुकेर रहेका प्रतिभावान खेलाडीका लागि सुवर्ण अवसर बन्ने विश्वाससमेत व्यक्त गरेका थिए । प्रतियोगिता अवधिभर विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया