पौडेल वंश महासंघको शुभकामना

समाधान संवाददाता २०८१ असोज २० गते १०:१९

पोखरा । पौडेल बंश महासंघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा बडा दशैं तथा शुभकामना आदानप्रदान एवम् बन्धुमिलन कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्य एवम् पौडेल कर्मचारी बन्धुको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेल बंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले पौडेल थर, साझा घरको अभियानका साथ पौडेल बन्धुहरूलाई एकतावद्ध बनाउने तर्फ महासंघ कृयाशील बनेको बताए ।

Advertisement

देशभर ठूलो संख्यामा पौडेलहरू रहेको बताउँदै उनले महासंघले पूजा समिति हुँदै पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका पाँचवटा संरचनामा आवद्ध गरिएको उल्लेख गरे ।

पौडेलहरूको इतिहास र यसको प्रमाणिकता खोज्ने काम पनि भैरहेको बताउँदै उनले तत्कालीन समयमा रंगनाथ पौडेलले रणबहादुर शाहलाई राज्य सञ्चालनार्थ दिएको राजविधान सारलाई महासंघले प्रकाशन गर्न लागेको जानकारी दिए ।

Advertisement

महासंघका केन्द्रीय सदस्य एवम् वंशावली संकलन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद पौडेलले वंशावलीलाई विश्वसनीय बनाउन सम्बद्ध सबै बन्धुहरूको जागरुकता आवश्यक हुने धारणा राखे । कार्यक्रममा बन्धुहरूका तर्फबाट विभिन्न महानुभावले आआफ्नो सुझाव प्रस्तुत गरे ।

उक्त अवसरमा पौडेल बन्धुहरूको कर्मचारीतर्फ संयोजनका लागि बरिष्ठ मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेल, प्राध्यापकहरूतर्फ संयोजनका लागि सह प्राउपेन्द्र पौडेल र सञ्चारकर्मीहरूको संयोजनतर्फ रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।

पौडेल वंश महासंघ गण्डकी प्रदेशका अध्यक्ष रामजी पौडेलको सभापतित्व एवम् सचिव धनञ्जय पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रदेश भित्रका विभिन्न कार्यालयमा कार्यरत पौडेल कर्मचारी बन्धुहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया