सेतीमदी सहकारीको १४औं साधारण सभा

समाधान संवाददाता २०८१ असोज २० गते १२:३०

पोखरा ।
पोखरा महानगरपालिका २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारीको १४औं साधारण सभा बिहीवार भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष जयलाल अधिकारी, उपाध्यक्ष गंगाबहादुर गुरुङ, सचिव शिवराज अधिकारी लगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रममा २७ जना शेयर सदस्य, असल कारोवारकर्ता, विद्यावारिधि गरेका शेयर सदस्य, कक्षा १२मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।


बक्ताहरुले सहकारीले गरेका गतिविधिहरुको प्रशंसा गर्दै सहकारीका समिती, उपसमिती मात्र नभई सम्पूर्ण सेयर सदस्यहरु समेत चनाखो भई संस्थाका सबै गतिविधिहरुमा लाग्नुपर्ने बताए ।

Advertisement


पोखरा महानगरपालीकाका, माछापुच्छ्रे गाउँपालीका र अन्नपूर्ण गाउँपालीकामा सहकारीको कार्यक्षेत्र रहेको छ । सहकारीको सेयर पूँजी चार करोड १२ लाख ५५ हजार रहेको संस्थाका कोषाध्यक्ष दुर्गाप्रसाद अधिकारीले जानकारी दिए ।


कार्यक्रममा कास्की बचत तथा ऋण सहकारीका कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुवेदी, वचत संघका पूर्व अध्यक्ष तथा विशाल सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकाल, राष्ट्रिय बैंक गण सहकारी गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपकराज बास्तोला लगायतको उपस्थिती थियो ।

Advertisement

तपाईको प्रतिक्रिया