धानकाे न्वारान गर्दै स्याङ्जाका किसान

वालिङ १० का किसान नन्दलाल सुवेदी परम्परागत शैलीमा हरेलो गर्दै । तस्बिरः सुशील सुवेदी
समाधान संवाददाता
वालिङ
स्याङ्जामा किसानले हरेलो (धानको न्वारान गर्ने पर्व) मनाएका छन् । पहाडी क्षेत्रमा भदौ महिनाको पहिलो र केही स्थानमा अन्तिम मंगलबार यो पर्व मनाउने प्रचलन छ । स्याङ्जा तथा आसपासका क्षेत्रमा भने हरेक वर्ष भदौको पहिलो मंगलबार हरेलो मनाइन्छ ।
सबैरै स्नान गर्ने र चोखो बस्त्र लगाएर मियालको हाँगा, धूप, काठको धुलो , बिउबिजन लगायत वस्तुसहित धान रोपिएको खेतको डिलमा पूजा गर्ने प्रचलन छ ।
हरेलो नगरेको धान वा चामल धार्मिक तथा अन्य शुभ कार्यमा अशुद्ध मानिने किसान पूर्णचन्द्र कँडेलले बताए । असारमा रोपेको धानको बिउलाई हरेलो गर्नुपूर्व रोपो भनिन्छ भने यसको न्वारन अर्थात् हरेलोपश्चात धान भनिन्छ । जिजुबाजेले सिकाएका कारण अहिलेसम्म चलिरहेको कँडेलले बताए ।
हरेलो गर्दा ५, ७ वा ९ प्रकारका बीउबिजनलाई काठको धुलो, मुसाको बिष्टा र धानको भुसमा मिश्रण गराइ मकैको खोस्टामा पोको पारी बाबियोको डोरीले बाँधिन्छ र मियालको हाँगामा झुन्ड्याइन्छ । यसो गर्नाले कीरा फट्यांग्राले बालीलाई नोक्सान नपुर्याउने विश्वास गरिन्छ ।
धार्मिक आस्थामात्र होइन, वैज्ञानिक आधारले पनि यो परम्परा निकै महत्वपूर्ण मानिन्छ । मकैको खोस्टामा राखिएको गेडागुडी वा अन्नबालीको बिउ राम्रोसँग उम्रियो भने धान उत्पादन राम्रो हुने जनविश्वास छ । घाम, पानी र वातावरण राम्रो भएकाले हरेलोको पोकोमा राम्रोसँग बिउ उम्रिएका कारण धानको उत्पादन पनि राम्रो हुने वैज्ञानिक आधार हो । यो परम्परालाई मौसम मापनको परम्परागत विधिको रुपमा पनि व्याख्या गरिएको पाइन्छ ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया