फोटोग्राफर मदनसुब्बा सम्मानित

समाधान संवाददाता
पोखरा
पोखरा फोटोग्राफर संघद्वारा सञ्चालित रामलाल श्रीमाया फोटोग्राफी पुरस्कारबाट अग्रज फोटोग्राफर मदनसुब्बा इंगनाम सम्मानित भएका छन् ।
१८० औं विश्व फोटोग्राफी दिवसका अवसरमा सुब्बालाई सम्मान गरिएको हो । कार्यक्रममा सुब्बालाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सम्मानपत्र, पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवि, संघका अध्यक्ष रविनाथ दाहाल लगायतले सम्मान गरे । पुरस्कारको राशी नगद २५ हजार ५ सय ५५ रहेको छ । सम्मानित फोटोग्राफर मदनसुब्बा लामो समय अघिदेखि फोटोग्राफी पेसामा क्रियाशील थिए । उनी पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्षसमेत हुन् ।
पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवि र धर्मपत्नी तीर्थ श्रेष्ठले आफ्नो वैवाहिक जीवनको २५ औं वर्षको शुभ अवसरमा आफ्ना बाबु आमाको नाममा अक्षय कोष खडा गरेका थिए । प्रत्यक २÷२ वर्षमा विश्व फोटोग्राफी दिवसको अवसरमा यो पुरस्कार वितरण गरिँदै आइरहेको छ ।
अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा संघका निवर्तमान अध्यक्ष तुलसीराम सुवेदीले पुरस्कृत व्यक्तित्वको जीवनीमाथि प्रकाश पारेका थिए । प्रतिभा छनोट समिति संयोजक रामजी थापाले छनोट प्रक्रियाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, फोटोग्राफर महासंघ केन्द्रीय उपाध्यक्ष उपाध्यक्ष दुर्गाप्रसाद पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कैलाश बचत तथा ऋण सहकारीका अध्यक्ष शिवहरि अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन संघका सचिव कपिल सापकोटाले गरेका थिए ।
यसैबीच मानव सेवा आश्रम छोरेपाटनमा पुगेर आश्रमलाई १५ हजार ५ सय ५५ नगदसहित जिन्सी सहयोग हस्तान्तरण गरिएको छ ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया