ह्यान्डबलको राष्ट्रिय टिमलाई जर्सी सेट

समाधान संवाददाता २०७६ भदौ ४ गते १३:५९

समाधान संवाददाता
पोखरा

नेपालको राष्ट्रिय ह्यान्डबल टोलीलाई पोखराको सफल टाक्स फोर्स सेक्युरिटी एन्ड ट्रेनिङ सेन्टरले जर्सी सेट प्रदान गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप प्रशिक्षणमा रहेका ह्याण्डबल महिला तथा पुरुष खेलाडीका लागि सेन्टरले ५० थान जर्सी सेट मंगलबार पोखरामा हस्तान्तरण गरेको हो ।

सेन्टरका प्रबन्ध निर्देशक घनश्याम आचार्यले नेपाल ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङलाई जर्सी सेट हस्तान्तरण गरेका हुन् । देशको नाममा मरिमेटेर खेल्ने खेलाडीलाई थोरै भए पनि हौसला दिन आफूले सानो सहयोग गरेको बताए ।

Advertisement

यसैबीच, ह्यान्डबल खेलको बन्द प्रशिक्षण पोखरामा हाल जारी छ । साग अन्तर्गत बन्द प्रशिक्षणका लागि महिला तथा पुरुष गरी ५६ जना खेलाडी पहिलो चरणमा छनोट भएका हुन् । सागको महिला तथा पुरुषको ह्यान्डबल खेल पोखरा रंगशालामा हुने भएको छ । पोखरा रंगशालाको ह्यान्डबल एकेडेमी तथा बहुद्देश्यीय कबर्ड हलमा बन्द प्रशिक्षण भइरहेको संघ अध्यक्ष गुरुङले बताए । पुरुषतर्फ अरुणलाल कर्ण, टेक बहादुर विक र हिमाल दाहालले प्रशिक्षण गराए भने महिलातर्फ कृष्ण शाक्य, बिन्दा थापा र भीमशेन शाक्यले प्रशिक्षण गराएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया