चित्रेभञ्ज्याङ साहित्य सदनको प्रथम साधारण सभा

पोखरा । स्याङ्जा जिल्ला हरिनाश गाउँपालिका वडा नं. ४ स्थित चित्रेभञ्ज्याङ साहित्य सदनको प्रथम साधारण सभा यही सोमबार भएको छ ।
हरिनाश गाउँपालिका वडा नं. ४ को चित्रे गाउँमा गुरुङ साहित्यिक मञ्च, नेपालका अध्यक्ष तेजबहादुर गुरुङको प्रमुख आतिथ्यता र लोकोत्तर लोकवादी बिचारका प्रवर्तक तथा साहित्यकार धनप्रसाद तामाङको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा साहित्यकार तथा चित्रेभञ्ज्याङ साहित्य सदनका सल्लाहकार रुद्र सन्देश मगर, देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणसिंह थापा मगर, कवि रेशम पराजित गोतामे तथा कवयत्री अमृता थापामगर लगायतले आआफ्ना शुभकामना मन्तव्य सहित कविता, गजल, मुक्तक आदि वाचन गरेका थिए ।
चित्रेभञ्ज्याङ साहित्य सदनले विसं २०६५ साल देखि अनौपचारिक रुपमा चित्रेभञ्ज्याङ क्षेत्रमा विभिन्न प्रकारका साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको र हाल १५ औं अंक सम्म सदनको मुखपत्र ‘स्पदन’ वार्षिक रुपमा प्रकाशन गर्दै आइरहेको छ ।
उक्त कार्यक्रममा सदनको गतिविधिलाई निरन्तरता दिनका लागि आर्थिक सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तेजबहादुर गुरुङले कवि, साहित्यकारहरुले साहित्य सिर्जनालाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । विशेष अतिथि लोकोत्तर लोकवादी विचारका प्रवत्र्तmक तथा साहित्यकार धनप्रसाद तामाङले साहित्यमा पहिचानको मुद्दाको उठान गर्नु वर्तमान समयको आवश्यकता रहेको विचार व्यक्त गरेका थिए ।
सदनका अध्यक्ष रिमबाबु रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदनकी कोषाध्यक्ष अमृता थापाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदनका सचिव दिपेन्द्रकुमार थापाले गरेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया