ड्यामसाइडको होटेलमा तास खेल्ने ३ महिलासहित ६ पक्राउ

पोखरा । पोखराको ड्यामसाइडस्थित होटल स्यान्डी ब्लुममा तास खेलिरहेको अवस्थामा प्रहरीले बुधबार साँझ ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ८८ हजार ४ सय २६ रुपैयाँ र २ सय ७ पत्ती तास बरामल गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले बताए ।
पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ४ घर भइ पोखरा महानगरपालिका वडा नं. १७ बस्ने ३८ का नविन थापा छन् । उनी उक्त होटेल रेखदेख गर्ने व्यक्ति हुन् ।
स्याङ्जाकै पुतलीबजार नगरपालिका वडा नं.७ घर भई पोखरा महानगरपालिका वडा नं. १० बस्ने ४० वर्षे भेषबहादुर गुरुङ, पोखरा १२ का ४३ वर्षे शंकर थापा, पोखरा १७ की ५३ वर्षे साबित्री गुरुङ पुन, कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ घर भई पोखरा म.न.पा. वडा नं. ७ बस्ने ३९ वर्षकी दुर्गा गुरुङ र पोखरा १७ कै ४९ वर्षे आइती गुरुङ पक्राउ परेका हुन् ।
उनीहरुलाई ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया