हेम्जामा रोकिराखेको बसलाई ट्रिपरले ठक्कर दिँदा ३ जना घाइते

पोखरा । पोखराको हेम्जामा आज बिहान गाडी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । पोखराबाट म्याग्दी जाँदै गरेको बसले यात्रु चढाउँदै गरेको बसलाई सोही दिशाबाट आएको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
हेम्जाको बडहरेमा सवा ८ बजेतिर ग१ख ७००२ नं। को बस रोकी यात्रु चढाउँदै गर्दा ग१ख ९१४२ नम्बर को ट्रिपरले पछाडिबाट बसलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी बसमा चढदै गरेकोका म्याग्दीको धौलागिरी गापा ५ बस्ने वर्ष ८४ को हर्कलाल छन्त्याल घाइते भएका छन् । उनको टाउकोमा चोट, अवस्था मध्यम रहेको र उपचारका लागि फिस्टेल अस्पताल पठाइएको छ ।
ट्रिपर चालक सिन्धुपालचोक चौतारा साँगाचोकगढी न।पा। ३ घर भएको ३१ वर्षे मनोज कटुवालको दाँया पाखुरामा चोट लागेको छ । उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
ट्रिपरमा सवार नुवाकोट घर भएका बर्ष २८ को बुद्ध घलेको दुवै खुट्टामा चोट, अवस्था मध्यम, रहेको र मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया