टुँडिखेल तीज मेलामा छेलो
समाधान संवाददाता
२०७६ भदौ ६ गते १५:५६

समाधान संवाददाता, पोखरा
पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजना र इन्द्रेणी एकीकृत विकास केन्द्रको सहआयोजनामा हुने तीज मेलामा छेलो प्रतियोगिता हुने भएको छ । भदौ १४ गते हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ३ हजार रुपैयाँ प्रदान गरिने संयोजक शोभा गौतमले जानकारी दिइन् ।
प्रतियोगिता तयारी सभामा लोपोन्मुख खेलको जगेर्ना हुनु सकारात्मक भएको भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले बताए । सदभाव र सम्बन्ध बढाउने भएकाले प्रतियोगिता सकारात्मक भएको खेल संयोजक खेमबहादुर गुरुङले बताए । खेलकुद विभाग प्रमुख गेहेन्द्रमान श्रेष्ठले मौलिक खेलको विकासमा आयोजकले ध्यान दिँदै जाने बताए । मेला भदौ ११ देखि १७ गतेसम्म हुनेछ ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया