धावक अर्जुन गोदार काठमाडौं – पोखरा दौडमा, पहिलो दिन ८६ किलोमिटर पार

पोखरा । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार सोमबार काठमाडौंबाट पोखरातर्फ दौडन सुरु गरेका छन् ।
काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड पहिलो दिन सोमबार मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी पार गरेका छन् ।
करिब २ सय किलोमिटरको दौड उनले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गरेका हुन् । मंगलबार दमौली नजिक पुग्ने लक्ष्य सहित बिहानै पुनः दौडने योजना रहेको उनँका सहयोगी विकास खड्काले बताए ।
सोमबार बिहान ५ः१७ बजे काठमाण्डौंबाट दौड सुरु भएको थियो । काठमाडौँको दशरथ रंगशालाबाट सुरु गरी उक्त दौड ३ दिनको दौरानमा पोखरा रंगशालामा आएर समापन गर्ने गोदारको लक्ष्य रहेको छ । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना छ । उनलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको छ । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गर्ने उनको लक्ष्य छ ।
कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षति भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गरेको बताउँछन् ।
नेपाली सेनाको हबलदार पदबाट निवृत भएका गोदार विगत ११ वर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् । हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पूरा गर्ने अभियामना जुुटेका हुन् । उनले हप्तामा कम्तीमा १ सय ५० किलोमिटर दौडँदै आएका थिए ।
गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएको थिए । आफ्नो एकल दौड भएकोले मेडिकल सहित स्वयम सेवकहरु गरी ६ जना आफ्नो दौडको अभियानमा जुट्ने उनले बताए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया