उच्चका न्यायाधीश यादवको पनि राजीनामा

समाधान संवाददाता
पोखरा
क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको अन्तशुल्क सम्बन्धी मुद्दामा आदेश गरेका पोखरा उच्च अदालतका न्यायाधीशमाथि छानबिन भइरहेका बेला अर्का न्यायाधीशले पनि राजीनामा गरेका छन् । छानबिनको दायरामा आएका न्यायाधीश रामकृष्ण यादवले गत भदौ ५ गते राजीनामा दिएका हुन्।
उनले गोर्खा ब्रुअरीसम्बन्धी मुद्दामा आफूले दिएको अल्पकालीन अन्तरिम आदेशमा आफू अहिले पनि अडिग रहेको र आफूले पनि उपलब्ध प्रमाणकै आधारमा उक्त आदेश गरेको बताए । ‘मैले अध्यापन र वकालत गरेर ५० वर्ष न्याय क्षेत्रमा बिताएँ, तर अहिले यस्तो परिस्थिति आएपछि नैराश्यताका कारण राजीनामा गरें,’ उनले भने ।
गएको साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशत्रय जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न आदेश दिएको थियो । यसअघि अर्का न्यायाधीश जीवनहरि अधिकारीले पनि राजीनामा गरिसकेका छन् ।
उक्त आदेशअनुसार न्यायपरिषदले सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको संयाजकत्वमा एक सदस्यीय समिति बनाएको थियो । न्यायाधीश अधिकारीले समिति समक्ष आफ्नो स्पष्टिकरण पेस गरेका थिए । उक्त प्रकरणबारे बुझ्न पोखरा आएको न्यायपरिषदको टोलीले रिट दायर गर्नका लागि भएको सेटिङका बारेमा पूरै विवरण संकलन गरेको छ । रिट दायर गर्न आएको टोली, कानुन व्यवसायी र आरोपित न्यायाधीशहरु पोखराको १ होटेलमा बसेको र त्यहींबाट सेटिङ मिलाएको स्रोतको दाबी छ ।
उच्च अदालतका ३ न्यायाधीशले भरतपुर आन्तरिक राजश्व कार्यालयले गरेको निर्णयविरुद्ध प्रादेशिक क्षेत्राधिकार बाहिर गएर पोखरा उच्च अदालतमा दर्ता हुन आएको रिटमाथि सुनुवाइ गर्दै आदेश दिएका थिए ।
आन्तरिक राजश्व कार्यालय भरतपुरले निर्धारण गरेको ८८ करोड ८१ लाख भन्दा बढी अन्तशुल्क तिर्न पठाएको पत्रविरुद्ध गोर्खा ब्रअरीले बदर माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । रिटमाथि सुनुवाई गर्दै नरबहादुर शाही र जीवनहरि अधिकारीको इजलाशले असार ११ गते आन्तरिक राजश्व कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया