इलेक्ट्रोनिक्स व्यवसायीबिच शुभकामना आदानप्रदान

पोखरा ।
नेपालीका विभिन्न चाडपर्वको सन्दर्भमा पोखराका इलेक्ट्रोनिक्स व्यवसायीबिच शुभकामना आदानप्रदान भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ लगायतका पर्वको सन्दर्भमा शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा संस्थाका सल्लाहकार जनपुकार मुनकमीले इलेक्ट्रोनिक्स व्यवसायीबीच एकता र सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । बुधबारै भएको संघको बैठकले संघको १२ औं अधिवेशन एवम् २४ औं साधारणसभा मंसिर १५ गते निर्णय गरेको छ ।
संघका अध्यक्ष नारायण सुवेदीले चाडपर्वहरु व्यवसायीका लागि व्यापार गर्ने अवसरसमेत भएको जनाउँदै एकता र सहकार्यबाटै सबैको हित हुनेमा जोड दिए । संघका करिब ३ सय व्यवसायी आवद्ध छन् ।
संस्थाका सचिव होमविलास सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष नारायण पौडेल, पूर्वअध्यक्षद्वय उदयबहादुर केसी र श्रीप्रसाद घले, महासचिव चिन्तामणि खरेल लगायतले बोलेका थिए ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया