लकुन्स्वाँरा सडक शिलान्यास

पाेखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित मोतिचोक–रातोपहिरो लकुन्स्वाँरा सडक शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मंगलबार शिलान्यास गरेका हुन् ।
सडकको शिलान्यास गर्दै आचार्यले मानिसको आवागमन र कृषि उपजको ढुवानीका लागि सहज हुने विश्वास व्यक्त गरे । ग्रामीण सडकको स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइ सहज आवागमन सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
‘यहाँको कृषि उपज उत्पादनका हिसाबले महत्वपूर्ण भएकाले बजार सुनिश्चित गर्न पूर्वाधार निर्माण आवश्यक छ,’ उनले भने ।
सडक करिब १.८ कि.मी लम्बाइ र ८ मिटर चौडा हुनेछ । २ करोड ३४ लाख ४२ हजार ३३० रुपैयाँ ९० पैसामा सडक निर्माणको जिम्मा एमएस आर्क डी/सिता जे भी पोखराले पाएको छ । चालु आर्थिक वर्ष भित्रमा निर्माण सम्पन्न हुने उक्त सडक सुविधा सम्पन्न हुने वडा अध्यक्ष हिमलाल बरालले जानकारी दिए ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया