लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन हुँदै
पाेखरा ।
नेपाल जेसिजको आयोजनामा कास्कीस्थित सात तालको बाटिका सहर लेखनाथमा भोलिदेखि १३औँ राष्ट्रिय जुनियर जेसिस सम्मेलन हुने भएको छ ।
यही कात्तिक ९, १० र ११ गतेसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट तीनसय जना जुनियर जेसिज सहभागी हुने कार्यक्रम निर्देशक शिवानी केसीले जानकारी दिए ।
लेखनाथ जेसिजको संरक्षकत्व एवं लेखनाथ जुनियर जेसिजको आत्थियतामा हुन लागेको सम्मेलनले सात तालको बाटिका सहरका रुपमा चर्चा कमाएकाले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको लेखनाथ जुनियर जेसिजका अध्यक्ष प्राञ्जल पौडेलले बताए ।
सम्मेलनमा विभिन्न महत्वपूर्ण विषयमा छलफल, बहस हुनुका साथै तालिम सञ्चालन हुने जानकारी दिँदै उनले सहभागीलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलसहित लेखनाथ क्षेत्रका सातवटै तालको अवलोकन गराइने बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जुनियर जेसिजका संयोजक आरएन पौडेल, लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राजभाटले सम्मेलनका विधि र प्रक्रियालगायत विषयमा जानकारी गराएका थिए ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया