विन्दुराज तिवारीको नेतृत्वमा रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाको कार्यसमिति सर्वसम्मत

समाधान संवाददाता २०८१ कार्तिक ११ गते ६:००

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा– ३२ उपशाखाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले विन्दुराज तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

Advertisement

कार्यसमितिको महिला उपसभापतिमा विमला कुुमारी थापा बस्नेत, सचिवमा विष्णुुबहादुुर बस्नेत, कोषाध्यक्षमा कीर्तिराज खनाल, उपसचिवमा भक्तबहादुर केसी, उपकोषाध्यक्षमा राजकुुमार श्रेष्ठ, महिला सदस्यमा देवी तिवारी निर्वाचित बन्नुभएको छ ।
कार्यसमितिका सदस्यहरूमा महेन्द्रराज धमला, प्रकाश पन्थी, मनमाया लामा र कृष्ण बस्नेत निर्वाचित बन्नुुभएको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले रेडक्रसका सात सिद्धान्तलाई आत्मसात गरी अघि बढ्नुुपर्नेमा जोड दिनुभयो ।

रेडक्रसको भवन निर्माणका लागि आँफू सदैव सकारात्मक भएको बताउँदै उहाँले वडा भित्रका हरेक विकास निर्माणमा सबैको एकतावद्ध र सामुहिक प्रयास आवश्यक भएको बताउनुभयो ।


नेपाल रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाका सभापति किसान परियारले विपद् लगायतका हरेक गतिविधिमा उपशाखा कृयाशिल बनेको बताउनुभयो । भवन निर्माण कार्यलाई निष्कर्षमा पुर्‍याउन सबैको साथ र सहयोग आवश्यक हुनेमा उहाँले जोड दिनुभयो । तनहुँ जिल्लासँग समेत जोडिएको यस क्षेत्रमा एम्बुलेन्सको अपरिहार्य आवश्यकता रहेको उहाँले बताउनुभयो ।

Advertisement

उपशाखाका पूर्व सभापति मेघराज पौडेलले उपशाखा स्थापना भए यता संस्था निरन्तर क्रियाशिल बनिरहेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उपशाखा सभापति किसान परियारको सभापतित्व एवम् सचिव विन्दुराज तिवारीले सञ्चालन गरेकको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष विमला थापाले र ७ सिद्धान्त वाचन महिला सदस्य देवी तिवारीले गर्नुभएको थियो ।

नेपाल रेडक्रस जिल्ला उपसभापति, विपद् व्यवस्थापन समितिका संयोजक एवम् निर्वाचन समितिका संयोजक उर्मिला खड्का, प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख एवम् निर्वाचन समिति सदस्य अर्जुन ज्ञवाली, जिल्ला शाखाका कर्मचारी एवम् निर्वाचन समिति सदस्य सञ्जय पौडेल, नेपाली काँग्रेस पोखरा – ३२ का सभापति कुलप्रसाद अधिकारी, नेकपा माओवादीका पार्टी प्रतिनिधि अर्जुन मल्ल, आजीवन सदस्यद्वय बसुन्धरा पौडेल र विष्णुबहादुर बस्नेत, गोगन मा.वि. जुनियर रेडक्रस सर्कलका संरक्षक मोहनराज बराल लगायतले बोल्नुभएको थियो ।

साधारणसभाले सचिव विन्दुराज तिवारीको प्रतिवेदन र कोषाध्यक्ष शरणकुुमार प्रधानले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उक्त अवसरमा उपशाखाका तर्फबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया