सृष्टि बनिन् मिस पोखरा

पोखरा ।
मिस पोखरा–२०२४ को ताज सृष्टि खड्काले पहिरेकी छन् । ११ औं संस्करणको मिस पोखरा पोखरा १४ काजीपोखरीकी निवासी सृष्टिले जितेकी हुन् । उनले स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् । मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन् । मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहि¥याइदिएकी थिइन् । यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।स्थापनाको स्वर्ण वर्ष मनाइरहेको पोखरा जेसीजले इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो । त्यसका लागि तीन चरणको अडिसन लिइएको थियो । देशभरबाट छानिएका प्रतिस्पर्धी उत्कृष्टलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा ग्राण्ड फिनालेमा उतारिएको हो । जसमा १६ प्रतिस्पर्धी ¥याम्प उत्रिएका थिए ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले क्षमता प्रस्फुटनमा यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसबाट युवा नारीको आत्मबल बढ्ने बताए । विभिन्न तालिमबाट प्राप्त ज्ञानले भविष्यमा पुरुष समान काम गर्न सक्ने हिम्मत बढ्ने बताए । पोखरा जेसीज अध्यक्ष देवराज शर्माले युवा नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यो व्युटी पेजेन्टलाई निरन्तरता दिइएको बताए । कार्यक्रम सफल पार्न सघाउने सम्पूर्णमा उनले धन्यवाद दिए । कार्यक्रममा मिस नेपाल–२०२४ आश्माकुमारी केसी, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं मूल कार्यक्रम संयोजक श्रीकृष्ण सुनार, इभेन्ट फर युका अध्यक्ष विशाल गुरुङलगायत बोलेका थिए । कार्यक्रममा मिस नेपाल आयोजक हिडन टे«जरका डाइरेक्टर प्रमोद कंशाकारको पनि उपस्थिति थियो । रेड कार्पेटसहित करिब ५ घण्टा चलेको कार्यक्रमको संचालन पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछाने र उरुषा जोशीले गरेका थिए । कार्यक्रम हेर्न दर्शकको खचाखच उपस्थिति थियो । सन् १९७५ सालमा केशवलाल श्रेष्ठको अध्यक्षतामा स्थापना भएको पोखरा जेसीजले यसबाहेक विविध कार्यक्रम गरिरहेको छ । पहिलोपल्ट सन् १९९५ मा मिस पोखरा भएको थियो । कार्यक्रममा डाँफे हाउजिङ एण्ड रियल स्टेट प्रालि टाइटल स्पोन्सर रहेको थियो ।
तपाईको प्रतिक्रिया