प्रधान सेनापतिसँग भारतीय राष्ट्रिय क्याडेट कोर भ्रमण दलको शिष्टाचार भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेको भारतीय राष्ट्रिय क्याडेट कोर (एनसिसी)को भ्रमण दलले भेट गरेको छ ।
भारतीय सेनाका विङ कमान्डर पिआर पोनप्पाको नेतृत्वमा नेपाल भ्रमणमा रहेको १८ सदस्यीय टोलीले भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।
राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित युवा आदानप्रदान भ्रमणमा सहभागी हुन भारतीय टोली यही कात्तिक ५ गते यहाँ आएको हो ।
नेपाल भ्रमणमा रहेको भारतीय टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रममा नेपालको राष्ट्रिय सेवा दलका छात्र÷छात्राको समेत सहभागिता रहेको छ । विसं २०२२ मा नेपालमा स्थापित राष्ट्रिय सेवा दलका तालिमरत छात्र÷छात्राले पनि विसं २०२६ बाट विभिन्न देशमा सञ्चालित तालिममा सहभागिता जनाउँदै आएको पनि निर्देशनालयले जनाएको छ । नेपालबाट राष्ट्रिय सेवा दलका छात्रछात्राले भारत, श्रीलङ्का, बङ्गलादेश, भूटान, मालदिभ्स, पाकिस्तान र सिङ्गापुरको भ्रमण गरिसकेको जानकारी दिइएको छ ।
नेपालमा हालसम्म ७४ हजार चार सय ८० जना छात्र÷छात्राले सिनियर तथा जुनियर डिभिजनमा रही राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरिसकेको पनि निर्देशनालयले जनाएको छ । यस वर्ष मात्रै सात हजार सात सय चार छात्र÷छात्रा उक्त तालिममा सहभागी छन् । रासस







१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया