त्रिकोण कृषि सहकारी संस्थाको साधारण सभा

समाधान संवाददाता २०८१ कार्तिक १२ गते ७:५८

पोखरा । त्रिकोण कृषि सहकारी संस्था लिमिटेडको छैटौै वर्षिक साधारण सभा शनिबार भएको छ ।

Advertisement

संस्थाका अध्यक्ष लोकनाथ अर्यालको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन पाेखरा ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले गरे । वडाध्यक्ष बरालले सदस्यभित्र लगानी गरेर सहकारीहरु उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिए ।

साधरणसभाकै अवसर पारेर कार्यालय परिसरमा सेयर सदस्यहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फेवासिटी हस्पिटलको प्राविधिक सहयोगमा शिविर भएको हो ।

साधारण सभाले अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, कोषाध्यक्षको प्रतिवेदन र लेखा परीक्षणको प्रतिवेदन पारित गरेको छ । कार्यक्रम सञ्चालन सचिव गणेश चालिसेले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया