
सङ्गतदेखि नै सङ्गति मिलेका हामी तीन भाइ (म, लोकचन्द्र खनाल र शिवहरि सुवेदी) वर्षको एकपटक घुम्ने योजना बनाउँथ्यौँ । कारोना महामारीको सङ्कटकालको समयावधिबाहेक वि.सं. २०७४ अन्नपूर्ण आधार शिविर, २०७५ मर्दी हिमाल आधाार शिविर र २०७६ रारा ताल प्mयाट्टै योजना बनाएर तय गरिएका यात्राहरू थिए । २०७७ र २०७८ आफूलाई कसरी सुरक्षित राख्ने भन्ने मै बित्यो । अलिकति सहज हुनेबित्तिकै घुम्ने बानी जोडिइहाल्यो । २०७९ मा बाग्लुङको बाटो रुकुमसम्म पुगेर फिर्किइयो । स्वच्छन्द आकाशमा हावा खाँदै उड्ने पन्छीलाई पनि छक्क पार्थे होलान् हाम्रा गतिविधिले । २०८० मा लोमानथाङ हुँदै कोरोला नाकासम्मको यात्रा तय भयो । समूह ठूलो बन्यो । भरपुर मनोरञ्जन नहुने पो हो कि भन्ने द्विविधामा यम सुवेदी, दुर्गा सुवेदी र अर्जुन भण्डारीका साथमा यात्रा सोचेभन्दा धेरै नै रमाइलो भयो । भेष क्षत्री सरका गतिविधि र सरलपनले हामी पूर्ण सन्तुष्ट बनेका थियौँ ।
यसपाली भने मौसम खुलेन । नयाँ प्रकाशनसँगको सम्झौता, व्याकरण पुस्तकको परिमार्जन, लोकचन्द्र सरका आपैmलाई अल्झाइरहने कामहरू आदि कारणले अन्योलका बिच समूह परिवर्तन गर्ने निर्णय गरेँ । पाँच जना दरौँखोलेहरू मध्यपहाडी राजमार्गबाट पश्चिमको पहाडी क्षेत्र सर्लक्क डुल्ने महत्वाकांक्षी योजना जानुभन्दा अगिल्लो दिन भताभुङ्ग भयो । पस्केको खाना खान नपाउनुजस्तै नमज्जा बोकेर पोखरा फर्केँ । शिवहरि सर यही मौकाको पर्खाइमा । अनि घुम्ने योजना तय भयो, मनाङ ।
नेपालका ६० जिल्ला भन्दा बढी जिल्ला पुगेका हामीहरू आप्mनै प्रदेशको मनाङ जिल्लामात्र नटेकेकामा खल्लो लागिरहेको थियो । त्यहीँमाथि मनाङका प्राकृतिक सुन्दरता र भौगोलिक अवस्थितिका बारेमा सुन्दा, पढ्दा र विद्युतीय पर्दामा हेर्दा मन हुरुक्क हुन्थ्यो । ल त नि भनेको, के के मिलेन के के ? घरि जाने, घरि नजाने । जनै लगाउने कि नलगाउने ? तिलिचो ताल कि थोराङ पास । तिलिचोबाट मेसोकोन्दो भन्ज्याङ हुँदै मुस्ताङ कि पुनः उही बाटो फर्कने अन्योललाई अँगालिरह्यौँ । मन अस्थिर भइरह्यो । यस्तो झ्याउ लाग्न थाल्यो कि साइत पनि रिसायो होला । २ः०० बजेभित्र हिँड्नु छ ११ः०० बजेसम्म पनि मन ढुलुमुलु । सधैँ खुसीसाथ बिदाइ गर्ने गृहलक्ष्मकीको हिँड्ने बेलाको खनखन । लुसे बिरालाका चालमा घरबाटट निस्केँ । जे त होला । १२ः३० देखि १ः४० सम्म पोखरा बसपार्कको गोठालो हुँदा राजु रिजाल भाइ खुब काम लागे । विश्वविद्यालयका कक्षामा गुरु चेलाको सम्बन्ध भए तापनि मिहिनेती, उद्यमी र सिर्जनशील यिनीबाट पनि मैले व्यावहारिक जीवनका धेरै कुरा सिकेको छु । पाँच जना यात्रीहरू म, लोकचन्द्र खनाल, कमला बास्तोला, शिवहरि सुवेदी र सुनिता गौतम अन्तिम सिटमा बसेर पोखरालाई बिदाई गर्दा दिउँसको १ः४५ भएको थियो ।

५१०० मिटरको उचाइमा पुगेर झरी ४९१९ मिटर उचइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालको यात्राको कुनै पूर्व तयारी थिएन । असहायकको साहारा दैव । पुगेर आइयो । अचम्म लागेको छ । पैदल यात्रामा बोक्नुपर्ने औषधी, यात्राका व्रmममा आवश्यक पर्ने खानेकुरा, लेक चढ्दा बोक्नुपर्ने अदुवा, मरिच, लसुन, टिमुर, कोकाकोला केही थिएनन् । यस्तो लाग्दै थियो कि पोखरा जस्तै अर्को कुनै ठाउँमा जाँदै छौँ । यतिसम्म कि तातो पानी बोक्ने थर्मस पनि थिएनन् । शिवहरि सरका झोलामा दुईओटा लट्ठी ठडिएका थिए, तिनैले मात्र पुर्याएर ल्याउँछन् झैं गरेर । डुम्रेमा झरेर बेँसीसहरको ठाडी चढ्दा झमक्क साँझ पर्न लागेको थियो । माइव्रmो बसमा सुखदुःख सुलुलु गुड्दै आठ बजेको वरिपरि बेँसीसहर पुगियो । मनाङको चामे गाउँपालिका कार्यालयमा कार्यरत भान्जा सुरेश मरासिनी र मनाङ गाउँको स्वास्थ्य केन्द्रमाा कार्यरत छोरी मुना अर्याल दुवै स्याङ्जा थिए । सल्लाह, सुझाव त मनग्गे दिएका थिए, परिआएमा सहयोगको वातावरण मिलाउने वचन पनि । मन ढुक्क यही कारणले मात्र थियो ।
बेँसीसहरको मनाङे चौतारामा झरेर होटल खोज्न थाल्यौँ । पर्यटकीय सिजन भएकाले होला मनाङे चौताराले हामीलाई राख्न तयार भएन तर एकजना हँसिलो, रसिलो भाइले भोलिको यात्रामा हामीलाई किने, हामीले नै पैसा तिर्नेगरी । शेराबेँसीको एउटा होटलमा झोलाहरू थन्क्याएर अलिअलि सरसमान किन्न बजार निस्कँदा बजार निकै सक्रिय थियो । बेँसीसहरको चहलपहल र बजारका पसलको अवस्था देख्दा व्यापारिक दृष्टिले यो सहर समुन्न्नत नै लाग्यो । देशको सिमानाबाहिरदेखि सिमानाभित्रै पनि अन्य सहरबाट आएर पसल गर्नेहरूका अनुहारमा दिनभरको हिसाबकिताबले प्रसन्नता फुलेको थियो । होटलमा फर्केर खाना खायौँ । सुत्यौँ । निद्रा लागेन । कारण धेरै नै हुन सक्छन् ।

दोस्रो दिन तयार भएर मनाङे चौतारातिर लाग्दा हामीलाई लिन आएको गाडी बाटामाा भेटियो । खाजा खाइवरि बेँसीसहर छोड्दा घडीले बिहानको ८ः२५ बजाइदिएको थियो । पछाडि अटाइनअटाइ सामान, पछाडिका सिटमा तीन र अगाडिका सिटमा दुईजना यात्री बोकेर उकालिन थाले चालक अशोक थापा मगर । लमजुङको तुरतुरेका युवा उद्यमी यिनले हाम्रो यात्रा रमाइलो बनाउन पुरै शक्ति खर्च गरे । खुदीसम्मको छ किलोमिटर सडकमा सुलुलु चिप्लियो गाडी । ङादी खोलासम्म पनि बाटो ठिकै थियो । मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामलाई पछाडि पारेर जब गाडी अगाडि बढ्यो तब मनाङ र लमजुङका नेताहरूलाई सम्झाइरह्यो बाटाले । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा हाल सङ्घीय सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, मनाङबाट झरेर लमजुङबाट चुनाव लडेका देव गुरुङहरू स्मरणमा आइरहे । यो बाटाको यस्तो अवस्था देख्दा लाग्यो हाम्रा नेताहरू जनताका साथमा सँगै छन् । यस्तो अप्ठ्यारो बाटामा नि नेपाली जनतासँगै जोखिमपूर्ण यात्रा गरेर हामीलाई निकै साथ दिएका छन् ।
अर्खलेबेँसी, स्याँगे, सिरचौर, जगत, च्याम्पे जस्ता सुन्दर ग्रामीण बस्तीहरू हेर्दै अगाडि बढ्यौँ । मस्र्याङ्दीको किनारै किनार अग्ला पहाडहरूका खोँचमाा देखेको प्राकृतिक सुन्दरतालाई शरद ऋतुले सुगन्ध दिएको थियो । डर लाग्दो भीर, सामान्य मर्मतको अभावमा फोर ह्विल गियर लगाउनुपर्ने बाटो, अधिकांश ठाउँमा एकतर्फी भन्दा त बरु पदमार्ग नै राम्रो हुँदो हो । सुन्दर च्याम्चे बजार कटेपछिछ झरना देखियो । शब्दमा सुन्दरता उतार्न गाह्रो हुन्छ । गारखाको मनास्लु हिमालबाट झरेको पानी लमजुङको ठाडो भिरबाट मस्र्याङ्दी नदीमा फँगाल्दा बुङ झरनाको दृश्य हेर्न जो पनि लालयित हुन्छन् । केही अगाडि बढेपछि अक्टोपस नाम दिइएको अर्को सुन्दर झरना देखा प¥यो । यी दुई झरनाका सुन्दरता बेच्न चुकेको नेपाल खाडीमा कामदार र उन्नतिशील देशमा दक्ष जनशक्ति बेचेर रमाइरहेको छ । प्रकृतिले यति धेरै साथ दिएको देश पूर्वाधारको अभावमा दुःखी बनेर बसिरहेको छ ।
सुन्दर बुङ झरना हेर्दै खाना खाएपछि अशोकले गाडी अगाडि बढाए । केही क्षणमा लमजुङ र मनाङको सिमाना आयो । गडो भीरलाई खोपेर बनाइएको बाटो राम्रो थियो । हाइड्रोपावरले निर्माण गरेको रे । हाइड्रोले बनाएका बाटाहरू राम्रा हुन्छन् । मनाङको पहिलो गाउँ तालबजारको सुन्दरता नियाल्दै अगाडि बढ्यौँ । कर्ते, धारापानी, बगरछाप, दानाक्यु, तिमाङ, स्यार्खु, धानचोक, कोतो हुँदै चामेमा पुग्दा २ः०० बजेको थियो । समुद्री सतहबाट ८२२ मिटरको पोखरा, ८०७ मिटरको बेँसी सहरबाट उकालिएका हामीहरू भार्ताङ, ढिकुरपोखरी, पिसाङ, हुम्डे, मुन्चे, भ्राँगा हुँदै ३५४० मिटर उचाइमा अवस्थित मनाङ गाउँँ पुग्यौँ । एकै दिनमाा यति धेरै उचाइमा जानु छ । लेक लाग्ने त होइन ? मनाङ गाउँमा एक घण्टा जति डुलेर गङ्गापूर्ण तालको सुन्दरतामा भुलेर फेरि उकालो लाग्यौँ । आजको हाम्रो गन्तव्य खाङ्सार थियो । मस्र्याङ्दी तदीतटमा खाङ्सार हिमाललाई अगाडि राखेर हाँसिरहेको सुन्दर साङ्सारमा होटल पोटलाका मालि दोर्जे गुरुङको आतिथ्यले हामीलाई आफ्नो थकाइ बिर्साउने अवसर प्रदान ग¥यो । आज धेरै उचाइको यात्रा तय गरियो । ८०५ मिटर उचाइको बेँसीसहरबाट ३७९० मिटरको उचाइमा बास बसियो । तेस्रो दिन बिहान थाङ्सारमा खाजा खाएपछि हाम्रो यात्रा तिलिचो बेसक्यामतर्पm लम्कियो । हिमाली सुन्दरताले तानेको छ । निरन्तर उकालो । लेक लाग्ने डर । पेटका गडबढी बाधक बनिरहे । हामी भने मनमा तिलिचो सजाउँदै उकालो लागिरहयौैँ । ४०७० मिटरको श्रीखर्क र त्यहाँबाट पनि धेरै उचाइमा हाम्रा पाइतला घिस्रिरहे ।
४४०० मिटरको डाँडामा पुगरे भिरको डरलाग्दो बाटामा हिँड्नु चुनौतीपूर्ण नै थियो । धेरै नै भिरालो जमिनका बिचमा बनेको बाटामा घोडा खच्चड निरन्तर यात्रारत छन् । तिलिचो पुगेर फर्केकाहरू र पुग्न हतार गर्नेहरूको भीड बाटाभर देखिन्छ । ढुङ्गा खस्ने डर पनि उत्तिकै छ । सङ्घर्षका पाइलाहरू थाकेनन् । करिब ६ घण्टाको अनवरत यात्रापछि बेस क्याम्पमा पुगियो । थाङ्सारबाटै होटल बुक गराए पनि पदयात्रीको चापका कारण कोठा पाउन मुस्किल भयो । एउटा सिङ्गल र एउटा डबल बेड भएको सानो कोठाभित्र एउटा म्याट थप्न लगाएर आजको रात बिताउने निर्णय गरियो । यस ठाउँको मूल्य अलि चर्कै रहेछ । सादा खाना प्रतिव्यक्ति ८५०, एक लिटर तातोपानीको ४७० अन्य दररेट यस्तै यस्तै । नबसी नहुने भएपछि पैसा खासै ठुलो लागेन । बेलैमा पुगेकाले वरिपरिका सुन्दर दृश्यहरू हेर्ने मौका पाइयो ।
चौथो दिन भन्न्ने कि तेस्रो रात भन्ने बिहान २ः३० मा ब्युँझिएर तयार भयौँ । आवश्यक सामानको झोला बनाएर हामी हिँड्दा ३ः०० बजेको थियो । वरिपरि हिमालले टल्केको उज्यालो बाटामा हिँड्न लाइटको खासै आवश्यकता परेन । हिँड्न भने निकै गाह्रो । तेर्सो तेर्सो उकालो हिँड्दा पनि श्वास फुलेर आइहाल्ने । ४२०० मिटरको उचाइमा अवस्थित बेसक्याम्पबाट हिँड्न सुरु गर्यौँ । लोकचन्द्र सर र कमला म्याडमा सुरुबाटै पछाडि पर्नुभयो । शिवहरि सर र सुनिता म्याडम पनि बाइस घुम्ती नपुग्दै छुट्नुभयो । मोबाइलको नेटवर्क टिप्दैन । ठाडै भिरमा २२ ठाउँमा घुमेर उकालो चढ्नुपर्ने यस ठाउँलाई २२ घुम्ती भन्दा रहेछन् । यस्तै बाटामा घोडाहरू च्याँखे थापेर बसेका थिए । एक्लै एक्लै उकालिएँ । साथमा भएको चकलेट चपाउँदै २२ घुम्ती कटेपछि पनि उकालो उस्तै कठिन छ । खाङ्सारका दोर्जे दाइले सहृदयतापूर्वक दिएका दुईओटा थर्मस मसँग परेनछन् । कोकाकोला खान चिसाले सताउने डर भयो । बिछट्टै चिसो छ । अझ हिउँ फुसफसाउन पो थाल्यो । उकालो बाटो, थाकेको शरीर, १ डिग्री सेल्सियसको तापमान, फुसफुसाउँदो हिउँलाई चुनौति दिँदै सात बजेतिर सुन्दर तिलिचोको दर्शन पाइयो । ताल पुग्ने बेलामा तिलिचो पिक हिमालमा गड्याङगुडुङ आवाजसहित आएको हिउँपहिरोले डर भन्दा बढी मनोरञ्जन दियो । साथीहरू पछाडि नै हुनुहुन्छ । आउने नआउने निश्चित छैन । मलाई पनि फर्कौँ फर्कोैँ त धेरैपटक भएको थियो । सेतै टल्कने हिमालको काखमा निलो रूपाकृतिमा तिलिचो । यो ताल मेरो शिरको ताल थियोे, मेरो देशको ताल थियो र विश्व गौरव बनेर तलमन्न सुतिरहेको ताल थियो । फोटाहरू खिचेँ र खिच्न लगाएँ । सात बजे तालको किनारमा पुगेको म साढे सातभन्दा बढी बस्न सकिनँ, जाडाले । फर्कँदै थिएँ । शिवहरि सरका जोडी भेटिनुभयो । पुनः तालतर्फ अगाडि बढ्यौँ र फोटा खिच्न थाल्यौँ । आठ बजे फर्केर अलिक तल झर्दा लोक सर र कमला म्याडमलाई घोडसबार भएको हेर्यौँ । निकै खुसी लाग्यो यात्राका सबैले तिलिचो दर्शन पायौँ । फेवाको सजिलो किनारबाट तिलिचोको सङ्घर्षपूर्ण किनार पुगेर पोखराका लागि ओरालो लाग्यौैं ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया