छिम्केश्वरी परिसरमा पार्क निर्माण

तनहुँ ।
यहाँको आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख आर्थिक सहयोगमा पर्यटन प्रवद्र्धनार्थ आकर्षक पार्क निर्माण गरिएको हो ।
उक्त मन्दिर समुन्द्री सतहदेखि २ हजार १ सय ३४ मिटर उचाइमा छ । गण्डकी प्रदेश सरकारले दुई आर्थिक वर्षमा दश÷दश लाख बजेट विनियोजन गरेको थियो । ढुंगा बिच्छ्याएर पार्क आकर्षक बनाइएको सो वडाका वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । पार्कमा नेपालको ठूलो झन्डासमेत राखिएको छ ।
छिम्केश्वरी मन्दिर भएको स्थानबाट अपी, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाललगायत मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ । मन्दिर जीर्ण बन्दै गएपछि केही समयअघि मात्र प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि लाब्दीसम्म १८ किमी यात्रापछि उक्त मन्दिर पुग्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रवद्र्धन गर्न मन्दिर पुननिर्माण गरी संरक्षण गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बतााए ।
गाउँपालिकाले मन्दिर पुनःनिर्माणमा ४५ लाख बजेट विनियोजन गरेको थियो । उक्त मन्दिरको छाना, मुकुट, नागोल, झलर र गजुरमा गरी ४ सय २५ किलोग्राम पित्तल प्रयोग गरिएको गाउँपालिकाका इन्जिनियर पंकज मगरले बताए ।









कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
मिस तामाङ पोखरा : प्रतियोगीहरूले देखाए प्रतिभा, माघ ३ मा ग्रान्ड फिनाले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया