रत्नशोभा भूतपूर्व विद्यार्थीमा शुक्रराज

पोखरा । पोखरा २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी एसोसियसन तदर्थ समिति संयोजकमा शुक्रराज शर्माले निरन्तरता पाएका छन् । समितिमा सचिवमा कालिप्रसाद भुर्तेल, कोषाध्यक्ष हरिप्रसाद लामिछाने र सदस्यहरुमा बैनबहादुर गुरुङ, सूर्यबहादुर थापा, डा शान्ता खत्री, कमलप्रसाद तिवारी, जीवन तिवारी, सावित्री तिवारी भुर्तेल, त्रिलोचन तिवारी, यज्ञप्रसाद तिवारी, रामचन्द्र तिवारी र विश्वराज तिवारी छन् ।
कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले भूपू विद्यार्थीमार्फत् विद्यालयको व्यवस्थापनदेखि शैक्षिक स्तर सुदृढीकरण गर्ने संकल्प व्यवहारमा लागू गर्न आग्रह गरे । उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि वडाले यथोचित साथ दिने उनको भनाइ छ ।
प्रधानाध्यापक किरणबाबु न्यौपानेले कक्षा १० मा निशुल्क रुपमा अतिरिक्त कक्षा सञ्चालन गरिएको जनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, पूर्व विद्यार्थी हरिप्रसाद लामिछाने, पूर्व प्रधानाध्यापक तोयनाथ लामिछाने, नेपाली कांग्रेस वडा नं. २८ इकाइ सचिव जीवन तिवारी, एमाले पोखरा २८ अध्यक्ष रामकृष्ण तिवारी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मोहन गुरुङ, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य सूर्यप्रकाश तिवारी, पूर्व विद्यार्थी डा शान्ता खत्री, शिक्षक पूर्णबहादुर खत्री, पूर्व शिक्षक श्यामबहादुर केसी, पूर्व विद्यार्थी गुरुदत्त कोइराला र पूर्व विद्यार्थी हरि लामिछाने लगायतले कार्यक्रममा बोलेका थिए ।








पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया