इन्फोम्याक्स कलेजमा एमबिए

समाधान संवाददाता २०७६ भदौ १५ गते १२:२९

समाधान संवाददाता
पोखरा

पोखराको रानीपौवामा रहेको इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेज्मेन्टले शुक्रबारबाट एमबीए (मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन) कार्यक्रम सार्वजनिक गरेको छ । एसिया प्यासेफिक युनिर्भसिटी मलेसियाबाट सम्बन्ध प्राप्त गर्दै कलेजले एमबिए कार्यक्रम सार्वजनिक गरेको हो ।

भाद्र १७ गतेबाट यो कार्यक्रम सुरु हुने कलेजका निर्देशक विकास पहारीले जानकारी दिएका छन् । सन् २००५ मा स्थापना भएको यो कलेजले सन् २०१५ सम्ममा पोखराकै मनिपाल हस्पिटलबाट सम्बन्धन प्राप्त गरेको पहारीले बताए । एमबीए कक्षाका लागि २०१९ जनवरीबाट भर्ना लिइएको पहारीले बनाएका छन् । एमबिएमा भर्ना हुनका लागि २.५ जिपिए ल्याउनु पर्छ ।

Advertisement

कार्यक्रममा प्राध्यापक लेखनाथ भट्टराइले ब्रेन ड्रेन भइरहेको अवस्थामा कलेजले यो कार्यक्रम सार्वजनिक गर्नु प्रशंसनीय कार्य भएको बताए । काठमाडौंमा मात्र एमबीएको पढाई राम्रो हुन्छ भन्ने भनाईलाई चिर्न कलेज सफल हुनुपर्ने उनले बताएका छन् ।

सार्वजनिक गरेर एमबीएलाई निरन्तरता दिनु चुनौतीको विषय भएको उनको भनाई थियो । पोखरामा नै उत्कृष्ट जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने प्रमाणित गर्नका लागि उनले कलेजलाई शुभकामना समेत दिएका छन् । कार्यक्रममा कलेजका एमबिए कार्यक्रम प्रमुख सुवास पौडेल, विद्यार्थी अस्मिता बराल लगायतले बोलका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया