मुस्ताङका ३ पालिकामा ६ सय जनाको मुटु जाँच

जोमसोम ।
मुस्ताङका ३ पालिकामा निःशुल्क मटुरोग जाँच शिविर भएको छ । सहिद गंगालाल राष्ट्रिय ãदय केन्द्र बाँसबारी काठमाडौंको आयोजनामा मुस्ताङका ३ पालिकामा शिविर आयोजना गरिएको हो ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बर्सेनि नेपालका दुर्गम जिल्लामा पुगेर यस प्रकारको सेवा प्रवाह गर्ने गरेको छ । यसै प्रयोजनका लागि केन्द्रबाट ८ बिशेषज्ञ चिकित्सकसहित १३ जनाको टोली शिविर सञ्चालनका लागि मुस्ताङ आएको हो । केन्द्रबाट बिशेषज्ञ चिकित्सकहरु डा सुशान्त खरेल, डा राउल यादव, डा प्रशना पाण्डे, डा स्नान थापा, डा आनन्द खनाल, डा एरिजु मानन्धर र डा आयुष्मा केसी मुस्ताङ आएका हुन् ।
टोलीले मुस्ताङको थासाङ गाउँपालिका ३ को लेते प्राथमिक स्वास्थ्य केन्द्र, घरपझोङ गाउँपालिका कार्यालय र उपल्लो मुस्ताङको लोमान्थाङमा शिविर सञ्चालन गरेको डा सुशान्त खरेलले जानकारी दिए । मुस्ताङमा आयोजित शिविरबाट ६ सय जना लाभान्वित बनेका छन् । शिविरमा आएकामध्ये दुई दर्जनभन्दा बढीमा गम्भीर समस्या देखिएको छ ।
मुटुमा गम्भीर समस्या भएकाहरुलाई केन्द्रले निःशुल्क उपचारको व्यवस्था गर्ने र त्यस्ता समस्या भएका व्यक्तिलाई काठमाडौं लगिने भएको छ । शिविरमा मुटुको परीक्षण, उपचार, परामर्श, इसिजी, इसिओ तथा रक्त परीक्षण (आरसिसी) गरिएको थियो । मुस्ताङको थासाङमा करिब ३ सय, घरपझोङमा २६० र लोमान्थाङमा ४० जनाको जाँच गरिएको छ । धेरैजसोमा ब्लडप्रेसर र सुगरका समस्या देखिएका छन् ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले यस प्रकारको स्वास्थ्य सेवा मुस्ताङमै प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले गाउँपालिकाले नागरिकको स्वास्थ्य रक्षाका लागि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।









कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
मिस तामाङ पोखरा : प्रतियोगीहरूले देखाए प्रतिभा, माघ ३ मा ग्रान्ड फिनाले
फिजी टापुबाट ग्रामीण कथासम्मः निष्प्रभ सजीको ‘याली’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया