पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
समाधान संवाददाता
२०८१ कार्तिक २५ गते ११:५१

पोखरा । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् ।
उपकुलपति सिफारिस समितिले आज आइतबार सार्वजनिक सूचना जारी गरी ‘पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ बमोजिम १० दिनभित्र दरखास्त दिन भनेको छ ।
पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्राडा प्रेमनारायण अर्यालको ४ वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ ।
उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।
सम्बन्धित









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया